काठमाडौँ, ४ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पुर्याइएको छ । बिहीबार उक्त सुन काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखामा पुर्याइएको हो ।
महाशाखामा सुनको तौल मापन गरिनेछ । लाहाछाप लगाएर ल्याइएको सुन जोखिने महाशाखाका निर्देशक थानेश्वर आचार्यले बाह्रखरीलाई जानकारी दिए ।
राजस्व अनुसन्धान कार्यालयको टोलीले सो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो ।
सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।