काठमाडौँ, २९ असार
सरकारले औषधि बिक्री–वितरण संहिता, २०८० लागु गर्ने भएको छ ।
औषधि व्यवस्था विभागले सो संहिता लागु गर्न सार्वजनिक सुझाव माग गरेको छ ।
यसअघि जारी गरिएको औषधि बिक्री–वितरण संहिता, २०७१ लाई अपडेट गरी नयाँ संहिता तयार पारिएको हो ।
सरोकारवालाले अनलाइनमार्फत संहिताको दफासहित १५ दिनभित्र सुझाव पठाउन सक्ने विभागले जनाएको छ ।