चितवन, असार २९–
हरि आचार्यको नेतृत्वमा अनेरास्ववियु चितवनको ५१ सदस्यीय कमिटी सर्वसम्मतमा गठन गरिएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको हिजो साझ सम्पन्न २८औँ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्ष बनाउदै ५१ सदस्यीय कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा सरोज तिमिल्सिना, सचिवमा अमित आचार्य, सह–सचिवहरुमा प्रदिप पराजुली, विज्ञानबाबु अधिकारी, निस्चल चडारा, निर्मल धिताल, अनुज न्यौपाने र कोषाध्यक्षमा अनुजा खनाल चयन भएकी छन् ।
बाकी सदस्यहरु रहेका छन् । विभिन्न कलेज तथा अन्य कमिटीको प्रतिमिधित्व हुने गरी सदस्य राखिएको छ ।