चितवन,असार २४
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि विहान १ः१५ बजेदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह ४ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।















