चितवन, बैशाख १६ –
भरतपुर महानगरमा एमालेको जित सुनिश्चत भइसकेको एमाले भरतपुर प्रचार समितिले निष्कर्ष निकालेको छ ।
भरतपुरमा एमाले उम्मेद्वारहरुको पक्षमा जनलहर व्यापक रहेको भन्दै जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको हो ।
समितिको आज बसेको बैठकमा संयोजक तेजेन्द्र खड्काले भरतपुरमा एमाले उमेदवारप्रति आकर्षक दिनानुदिन बढेको उल्लेख गरे ।
जनतामाझ पार्टीले लगेको एजेण्डा र अघि सारेका उमेद्वारका ब्यक्तित्वका कारण जनआकर्षण बढ्दै गरेको खड्काले बताए ।
‘महानगरको विकास र समृद्धिका लागि पनि एमाले सँग नै आशा बढी छ, मेयर उमेद्वार विजय सुवेदीसहित अन्य उमेद्वारहरुको व्यक्तित्व पनि आकर्षक छ । जीत निश्चित देखिएको छ ।’ उनले भने ।
बैठकले पार्टीका उमेद्वारहरुको प्रचारप्रसारलाई थप व्यवस्थित र अझ प्रभावकारी बनाउने निर्णय गरेको समितिका सचिव हरिप्रसाद पोखरेलले जानकारी दिए ।
विपक्षी प्रतिस्पर्धी भन्दा एमालेका उमेदवारहरु भरतपुरमा हरेक कोणबाट जनतामाझ अब्बल देखिएको समितिको बुझाई छ ।
‘भरतपुरको हालको वस्तुगत अवस्थाले स्पष्ट भनेको छ कि, मेयरका उमेद्वार विजय सुवेदीसहित सबै उमेद्वारहरु जीत नजिक हुनुहुन्छ’ समिति सचिव पोखरेलले भने ।
बैठकमा समिति सहसंयोजक बद्री अधिकारी, प्रेस चौतारी चितवनका ईन्चार्ज रामबाबु सुवेदी, प्रेस चौतारी बागमती प्रदेश सहईन्चार्ज शालिग्राम नेपाल, प्रेस चौतारी केन्द्रीय सदस्य तीर्थ नेपाल, प्रतिमा सिलवाल, बागमति प्रदेश सदस्य लक्ष्मण गौतम, प्रेस चौतारी चितवनका सचिव मुकुन्द भुषाल लगायतको उपस्थिति रहेको थियो ।