काठमाडौं असार २२,
काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न विवरण माग गरेको छ ।
कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएको भन्दै महानगरपालिकाले सम्बन्धित शिक्षण संस्थाबाट विवरण मागेको हो ।
जसअनुसार सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन शिक्षा विभागले सूचित गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार