चितवन, असार २१ –
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवन शाखाले केन्द्रिय समितिको निर्वाचनका लागि चितवनबाट २ जनाको नाम उम्मेद्वारीमा सिफारिस गरेको छ ।
आज चितवन शाखाका अध्यक्ष समुन्द्र अर्यालको अध्यक्षतामा बसेको साधारण सदस्यहरुको बैठकले केन्द्रमा चितवनबाट दुई जनालाई शाखाको तर्फबाट उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
चितवन शाखाका कोषाध्यक्ष प्रज्वल पौडेलले दिएको जानकारी अनुसार सह कोषाध्यक्ष पदको उम्मेद्वारमा हेम राज सिग्देल (हरी) र कार्य समिति सदस्य पदको उम्मेद्वार मन्जित ढकाललाई बनाउने निर्णय भएको छ ।