Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

शारीरिक मोटोपन घटाउन भात कि रोटी ?

काठमाडौँ, १२ असार-
विश्वव्यापी रुपमा मोटोपन अहिले जनस्वास्थ्य समस्या बनेको छ । मेटोपन आफैँमा रोग होइन तर अन्य धेरै घातक रोगहरुको कारण भएकोले यसप्रति सबैको चासो बढिरहेको छ । मोटोपनको कारण धेरै स्वास्थ्य समस्याहरु उत्पन्न भइरहेका छन्, जसको कारण धेरैले अकालमै प्राण गुमाउनुपरिरहेको छ । बच्चाहरुमा समेत मोटोपनको समस्या बढ्दो छ । मोटोपन सुन्दरता र सकारात्मक व्यक्तित्वको पनि बाधक हुन्छ । मोटोपनकै कारण धेरैलाई हीनताबोध पनि भएको हुन्छ, जसले मानसिक समस्या पनि ल्याउने गर्दछ ।

मोटोपन गराउन वा घटाउन खानाको निकै ठूलो भूमिका रहेको हुन्छ । व्यक्तिले दैनिक रुपमा खाने मूल खाना झनै कारक हुन्छ । व्यक्तिहरुमा बढ्दो मधुमेह, उच्च रक्तचाप, हृदयघात आदिको कारणहरुमा मोटोपन पनि हो ।

नेपालमा पहाडतिर अधिकांशले भात र तराईतिर अधिकांशले रोटी खाने गरेको पाइन्छ । दैनिक बिहान–बेलुका खाइने भात र रोटी नेपालीहरुको मूल खाना हो । भात वा रोटी नेपालीहरुले बच्चैदेखि खाँदै आएकोले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तबसम्म सन्तुष्टि प्राप्त हुँदैन । अरु जे–जे खाए पनि तृप्तिका लागि भात वा रोटी खाने नै गर्दछन् । यसर्थ भात वा रोटीविना नेपालीहरुको सहज जीवन सम्भव हुँदैन ।

तर अहिले तराईतिर रोटी खानेहरुले पनि भात खान थालेका छन् । समग्रमा अधिकांश नेपालीले खानामा भात खाने गरेको पाइन्छ । पेटभरि भात नखाई आम नेपालीहरुलाई राम्रोसँग निद्रा लाग्दैन । घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि खानामा भातै खाएर रमाउँछन्् । भातविना एक–दुई दिन पनि बस्न मुस्किल हुने गर्दछ ।

सामान्यतः मोटोपन भएको बेला भातभन्दा रोटी खान आमरुपमा सुझाव दिने–लिने गरेको पाइन्छ । के यो सही हो ? फलतः भात छोडेर मोटोपन भएका धेरै मान्छे रोटी खान शुरु गर्दछन् । वस्तुतः बुझ्नुपर्ने कुरा के हो भने, मोटोपन हटाउन कार्बोहाइड्रेटको मात्रा घटाउने हो । तर भात र रोटी दुवैमा उस्तै मात्रामा कार्बोहाइड्रेट रहेको हुन्छ । अतः कार्बोहाइड्रेटको मात्रालाई मात्र हेरी भातभन्दा रोटी उत्तम भन्नु सही होइन ।

भातमा स्टार्च (सिम्पल कार्बोहाइड्रेट) हुन्छ, जुन छिट्टै पच्छ र फेरि छिट्टै भोक लाग्छ । रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पच्न समय लाग्छ । भोक ढिलो लाग्ने हुन्छ । पोषक तत्वको मात्रालाई तुलना गरी भन्नुपर्दा भातभन्दा रोटी उत्तम मान्नुपर्छ । तर ध्यान दिनुपर्ने कुरा भनेको यी दुवैमा हुने सोडियमको मात्रा हो । प्रत्येक १२० ग्राम गहुँमा ८० मि.ग्रा. सोडियम हुन्छ । सोडियमको निषेधमा रहेकाहरु (जस्तै– उच्च रक्तचापका रोगी) को लागि रोटी सही छनोट हुन सक्दैन । तर जब सोडियम चासोको विषय हुँदैन तब मोटोपन घटाउन रोटी नै छान्नुपर्छ ।

रोटीमा क्याल्सियम, पोटासियम, आइरन, फस्फोरस आदि पनि रहेको हुन्छ । भातमा क्याल्सियम हुँदैन । साथै शरीरमा पोटासियम र फस्फोरसको तहलाई घटाउँछ । पच्न समय लाग्ने भएकोले रोटीले गर्दा रगतमा लामो समयसम्म सुगरको मात्रा सन्तुलित रहन्छ ।

भातभन्दा रोटीमा धेरै पोषक तत्व हुन्छ भनेर मात्र हुँदैन । मोटोपन चामल र गहुँको गुणस्तरमा पनि भर पर्छ । सन् २०१८ र २०१९ मा नेसनल राइस रिसर्च इन्स्टिच्युट र इन्डियन ह्वीट एन्ड बार्ली रिसर्च इन्स्टिच्युटले १६ प्रजातिको चामल र १८ प्रजातिको गहुँमाथि गरेको अध्ययनका अनुसार ५० वर्षअगाडिको चामलभन्दा हिजोआज उत्पादन हुने चामलमा जिंक २३.९८ प्रतिशतले र आइरन १६.७ प्रतिशलते घटेको पाइएको छ । त्यस्तै गहुँमा जिंकको मात्रा २९.४२ प्रतिशतले र आइरनको मात्रा १९.२७ प्रतिशतले घटेको पाइएको छ ।

भात खराब कुरा होइन, यसलाई सही तरिकाले मात्रा मिलाएर खान सके हितकर नै हुन्छ । सही तरिकाले पकाएर भात खान सिके त्यो मोटोपनको कारक नभएर मोटोपन निवारक पनि हुन सक्छ । आयुर्वेदमा भात पकाउने विभिन्न तरिका निर्देश छ । भात नभई नहुने मोटा व्यक्तिहरुका लागि यी विधि निकै प्रभावकारी हुन सक्नेछ ।

यसरी भात पकाउने आयुर्वेदिक विधिहरुबाट भात पकाएर सम्यक् रुपमा शरीर र मनको अवस्था अनुसार दाल र सब्जीहरुसँग मिलाएर खान सके पाचन गतिशील र तन्दुरुस्त रहन्छ । यसरी तयार पारिएको भातको परिकार थोरै खाए पनि पेट भरिन्छ । आवश्यक ऊर्जा आपूर्ति हुन्छ र सम्यक पोषण पनि प्राप्त हुन्छ । स्वास्थ्य अवस्थानुसार यी परिकारहरु खाँदा कुनै प्रकारको हानि पनि गर्दैन ।

१) माड : यो भात पकाइरहँदा बन्ने लेदो हो । यो बनाउन १४ भाग पानी र १ भागमात्र चामल राख्न भनिएको छ । यसबाट भातको सिता छानिन्छ ।
२) पेय : १४ भाग पानी र एक भाग चामल राखिन्छ । यसबाट भातको सिता छानिदैन ।
३) यवागु : यसमा ६ भाग पानी र १ भाग चामल राखिन्छ ।
४) विलेपी : यसमा ४ भाग पानी र १ भाग चामल राखिन्छ ।
५) ओदन : यसमा २ भाग पानी र १ भाग चामल राखिन्छ ।

भात मन नपर्ने र रोटी खाई–खाई मोटा भएकाहरुका लागि पनि रोटी पकाउने केही विधिहरु छन् । जसलाई दैनिक जीवन अपनाउन सके रोटी छोड्नु नपर्ला र मोटोपन पनि बिस्तारै घटेर जानेछ ।

रोटी विभिन्न थरीका पीठोले बनाउन सकिन्छ । गहुँको पीठो (चोकरसहित), मैदा (चोकररहित), चामलको पीठो, बेसन (चनाको दालको पीठो), मकैको पीठो, जौको पीठो, कोदोको पीठो, फापरको पीठो आदि । सबै खालका पीठोको आ–आफ्नै विशेषता छ । यी सबै फरक–फरक पीठोमा पोषक तत्वहरु पनि फरक प्रकारको मात्र नभएर ती तत्वहरुको मात्रामा पनि भिन्नता हुन्छ । रोटीलाई फुल्का, चपाती, आदि नामले पनि सम्बोधन गरिन्छ ।

मेटोपन घटाउन बेसनको रोटी सबैभन्दा उत्तम हुन्छ । बेसनमा कार्बोहाइड्रेटको मात्रा अति नै कम हुन्छ । साथै बेसनमा धेरै खालका भिटामिन एवं मिनिरस प्रचुर मात्रामा पाइन्छ । बेसनमा फाइबर पनि हुन्छ । बेसनले शरीरको कफ एवं पित्तलाई सन्तुलित राख्छ, शरीरको मोटोपनलाई पनि घटाउँछ ।

१०० ग्राम बेसनमा ३५० किलो क्यालोरी ऊर्जा, प्रोटिन २३.३३ ग्राम, फ्याट ३.३३ ग्राम, कार्बोहाइड्रेट ५६.६७ ग्राम, फाइबर ६.७ ग्राम, आइरन ४.५ मि.ग्रा., सोडियम १७ मि.ग्रा. तथा अन्य धेरै पोषक तत्वहरु रहेका हुन्छन् । बेसनमा कोलेस्ट्रोल शून्य मात्रामा हुन्छ, अतः यो मुटुको स्वास्थ्यको लागि पनि हितकर हुन्छ ।

मैदाको रोटी सर्वथा अस्वस्थकर हुन्छ । चोकरसहितको पीठो मैदाजस्तो अस्वस्थकर भने हुँदैन । अरु खाले पीठोको रोटी कहिलेकाहीँ खाँदा शरीरमा नपुगेको तत्वहरुको आपूर्ति पनि हुन्छ, साथै स्वाद पनि फेरिन्छ, परिकारको विविधताले खानपिन रमाइलो पनि हुन्छ ।

मोटोपनको समस्या भएकाहरुले रोटीकै अर्को परिकार पराठा झनै खानुहुँदैन । बोसो घटाउन सादा रोटी नै बढी प्रभावकारी हुन्छ । पराठा बनाउन तेल राखिन्छ, जसले शरीरमा बोसोको मात्रा झनै बढाउँछ । रोटी वा पराठासँग धेरैले चिज खाने गर्दछन्, जुन मोटोपन भएकाहरुका लागि निकै नै अहितकर हुन्छ ।

शरीरको मोटोपन बढाउन वा घटाउन भात वा रोटी उत्तिकै जिम्मेवार हुन्छ । भात वा रोटी कस्तो खाले चामल वा पीठोले बनेको हो ? बनाउने प्रक्रिया कस्तो हो ? त्यसमा केही मिसाइएको थियो कि ? त्यसलाई केसँग खाइयो ? भन्ने कुराले प्रभाव पारेको हुन्छ । त्यस्तै खाँदा चपाई–चपाई खाइएको थियो कि थिएन ? व्यक्तिको भोक कस्तो थियो ? व्यक्तिमा कुनै रोग लागेको थियो कि ? कति मात्रामा खाइएको थियो ? आदि धेरै कुराले प्रभाव पार्ने हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा सबैको आ–आफ्नै गुण/अवगुण छन्, तर तुलनात्मकरुपमा रोटी धेरै हिसाबले भातभन्दा उत्तम देखिन्छ । अझ मोटोपन घटाउनका लागि रोटी नै बढी स्वस्थकर देखिन्छ । डा. रामदेव पण्डित

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

ताजा समाचार

सबै

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.