• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, भदौ २७, २०८२
☰
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ५. श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ६. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ७. रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

  • ८. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ९. चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

  • १०. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १२ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराए ।

विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

मुलुुककै जेठो यस त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु।

 

त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र सङ्कायबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरेर तोकिएको परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गर्न बसेको विश्वविद्यालय सभाको यस गरिमामय वार्षिक दिवस बैठकमा सहभागी हुने सुअवसर प्राप्त भएकोमा गौरवान्वित भएको छु।

 

विद्वान् सभासद्ज्यूहरू,

कुलपतिको हैसियतबाट मैले नेपालका विश्वविद्यालयहरूका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियालेको हुन्छु। त्रिभुवन विश्वविद्यालयको वर्तमान शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे मैले विभिन्न श्रोतबाट आवश्यक जानकारी हासिल गर्ने गरेको छु। यस विश्वविद्यालयले भोगिरहेका समस्याहरू, ती समस्याका कारणहरू र समाधानका उपायहरूबारे विश्वविद्यालयका पदाधिकारीज्यूहरू र सरोकारवालाहरूसँगको भेटघाट, सम्वाद एवम् विश्वविद्यालयका बिभिन्न औपचारिक कार्यक्रमहरूमा छलफल हुने र निर्णयसमेत लिने गरिएको छ। त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु।

 

त्रिभुवन विश्वविद्यालयमा आबद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवम् छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरुप त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढनु अत्यावश्यक छ। यसका लागि विश्वविद्यालयबाट पेस हुने उपर्युक्त योजना र कार्यक्रममा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु। विश्वविद्यालयका समस्याहरूको समाधान सम्वाद एवम् रचनात्मक सहयोगबाट गर्नुहुने सबै सरोकारवालासँग हार्दिक अपील गर्दछु।

 

विद्वान् सभासद्ज्यूहरू,

आज विश्वविद्यालय सभाको वार्षिक दिवस बैठकलगत्तै सभाको साधारण बैठकसमेत बसी त्रि.वि.को आर्थिक वर्ष २०८०।०८१ को प्रस्तावित नीति कार्यक्रम तथा बजेटमाथि छलफल गरी पारित गर्नुपर्ने हाम्रो अर्को महत्वपूर्ण कार्यभार हो। यस अवसरमा म विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल गुणात्मक रूपले प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन गरी विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने बनाउने दिशामा आवश्यक छलफल हुने विश्वास लिएको छु।

हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ ?, विद्यार्थीलाई उनीहरूको रूचिअनसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु। विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।

नेपाल सरकारकाले  गर्नुपर्ने सहयोगका लागि म सदैव अग्रसर रहनेछु। साथै देशको जेठो तथा ठूलो विश्वविद्यालय भएका हैसियतले यस विश्वविद्यालयको नेपालमा स्थापित अन्य विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई समेत पठनपाठन तथा अनुसन्धान कार्यहरूमा नेतृत्व तथा मार्गनिर्देश गर्ने दायित्व रहेको कुरा स्मरण गराउँछु। मुलुकको संघीय शासन प्रणालीअनुसार उच्च शिक्षाको पुनःसंरचनामा पनि यस विश्वविद्यालयले अग्रणी नेतृत्व लिन विशेष अपील गर्दछु।

अन्त्यमा,

त्रि.वि.लाई विविध किसिमले आवश्यक सहयोग गरी आजको स्थितिसम्म विकसित गर्न योगदान पु¥याउनुहुने सम्पूर्ण प्राज्ञजनहरू, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी, जग्गादाता, दातृ निकाय, सञ्चारकर्मी लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै त्रि.वि. सभाको आजको यस गरिमामय बैठकबाट त्रिभुवन विश्वविद्यालयको ६१ औँ ग्रेस लिष्ट पारित भई उपाधि प्राप्त गर्नुहुने सबै उम्मेदवारहरूलाई हार्दिक बधाइका साथ उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति
सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द, सेनाले मध्यरातसम्म बाेल्ड निर्णय लिने संकेत

ताजा समाचार

सबै

अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति

सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द, सेनाले मध्यरातसम्म बाेल्ड निर्णय लिने संकेत

संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैनः रास्वपा

चितवनमा दिउँसो निषेधाज्ञा, बेलुकी ८ बजेदेखि बिहान ६ बजे सम्म कर्फ्यू

नवलपरासी कारागारबाट भागेका कैदीलाई फर्किन स्थानीय प्रशासनको निर्देशन

भागेका १६६ कैन्दीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा

संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

रामकुमारीको प्रस्ताव : पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

संवैधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न राष्ट्रपतिको अपिल

मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

सुशीला कार्कीलाई बालेनको समर्थन

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ५.
    श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ६.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.