काठमाडौं असार ११,
गोरखा, लमजुङ, कास्की आसपासका केही स्थानमा भारी वर्षा मापन गरिएको छ ।
पछिल्लो एक घण्टा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कास्कीलगायत उक्त जिल्ला भइ बहने केही स–साना नदीमा आकस्मिक बाढी हुनसक्ने जनाएको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको छ ।