Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ९. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • १०. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

सर्पले टोक्ने बित्तिकै मृत्यु हुँदैन, टोकेपछि के गर्ने ?

काठमाडौं, ९ असार-
गर्मी महिना सुरु हुने बित्तिकै तराई र पहाडी क्षेत्रमा सर्पदंशको समस्या हुने गरेको छ । वर्षायाममा सर्पहरू दुलोबाट बाहिर निस्कने हुँदा झनै सर्पहरू देखिने गरेका हुन्छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक वर्ष झण्डै ५४ लाख मानिस सर्पको टोकाइबाट पीडित हुन्छन् । जसमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार जनासम्मको सर्पदंशबट मृत्यु हुने अध्ययनबाट देखिन्छ । २७ लाख मानिसमा अङ्ग काट्नु पर्ने वा अन्य शारीरिक समस्या देखापर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा हरेक वर्ष ३० जनाभन्दा बढीको सर्पदंशबाट ज्यान जाने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त ओझाका अनुसार वर्षायाम र गर्मी महिनामा सर्पहरू खाना खोज्न बाहिर निस्कने हुँदा यो समयमा बढी सर्पदंशका बिरामी फेला पर्दछन् ।

नेपालमा पाइने ९० प्रतिशत सर्प बिषरहित हुने गरेको उहाँको भनाई छ । १० प्रतिशत सर्प विषालु हुने र तिनले टोके बिरामीको ज्यान जाने सम्भावना बढी हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पाइने सबै सर्पहरू विषालु नहुने हुँदा सर्पले टोक्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको डा.ओझा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सर्पले टोक्यो भनेर आत्तिएर र घरेलु उपचार जस्तै गोबर लगाउने, ढुङ्गाले घोट्ने, धामी झाँक्रीकोमा लैजाने र टोकेको माथिल्लो भाग काट्ने, बाँध्ने, टोकेको ठाउँमा चुसेर रगत निकाल्ने जस्ता कार्य गरेर अस्पतालमा ढिला गरी पुग्ने प्रवृत्ति हाम्रोमा छ । यसले गर्दा बिरामीको आत्तिएर मृत्यु हुन्छ ।”

सर्पले टोकेको थाहा पाउन साथ नजिकैको सर्पदंश केन्द्रमा लगेर “एन्टी स्नेक भेनम ” मलम लगाउन डा.ओझाको सुझाव छ । सर्पले टोक्दा दिइने एन्टीभेनम सरकारले देशका ९० सरकारी अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । । जिल्ला तथा प्रादेशिक अस्पतालहरूबाट पनि यो सेवा दिँदै आएको डा. ओझा बताउनुहुन्छ ।

नेपालमा तराईका विभिन्न जिल्लाहरू र मध्यपहाडी क्षेत्रमा बढी सर्पहरू देखिने गर्दछन् । नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्रा (गोमन) ले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यिनै चार थरीका सर्पलाई लक्षित गरी बनाइन्छ ।

सर्पले टोक्नुको कारण ?

सर्पले आफूमाथि खतरा महसुस गरेपछि मात्रै प्रतिरक्षा गर्ने क्रममा टोक्ने डा। ओझाको भनाई छ । उहाँ भन्नुहुन्छ, “सर्पलाई नचलाएर टाढै बसेमा टोक्दैन । तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले टोक्ने गर्दछन् ।”

त्यसका अलावा मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले टोक्ने पशुरोग विशेषज्ञ बत्ताउँछन् । सर्पले जाडो सहन नसक्ने हुँदा जाडो मौसममा सर्पहरू हाइबरनेशनमा जान्छन् अर्थात् दुलो भित्र लुकेर बस्ने गर्दछन् । फागुनदेखि भदौसम्म सर्पहरू बाहिर निस्कने समय भएकाले होसियार रहन डा. ओझाको सुझाव छ ।

उहाँले भन्नुभयो, “सर्प चिसो रगत भएको जनावर हो । सर्पले वातावरणअनुसार आफ्नो शरीरको तापक्रम परिवर्तन गर्ने गर्दछन् । जाडोमा लुक्ने गर्दछन् । गर्मी महिनामा सर्पले अण्डा कोरल्ने समय हो । त्यो भएकाले बच्चासहित खानाको खोजीमा सर्प बाहिर निस्कन्छन् ।

सबै सर्प विषालु हुँदैनन्

सबै सर्पहरू विषालु हुँदैनन् । नेपालमा पाइने सर्पमा विशेषगरी न्युरोटक्सीस र हेमाटोटक्सीज गरी दुई प्रकारका विष भएका हुने पशु चिकित्सक डा. रोशिका श्रेष्ठ बताउनुहुन्छ । डा।श्रेष्ठका अनुसार न्युरोटक्सीस नसा र मांसपेशी र हेमाटोटक्सीस रगत पातलो बनाउने समस्या उत्पन्न गर्छ ।

चिकित्सकका अनुसार मदेशमा हुने गोमन र करेत, मध्यपहाडमा पाइने हरियो सर्पले टोकेका मानिसलाई तुरुन्त उपचार गरिएन भने मृत्यु हुने डर बढी हुन्छ । तराईमा बढी पाइने गोमन र करेत सर्प बढी डरलाग्दो किसिमका हुन्छन् । यस्ता विषालु सर्पले टोक्यो र समयमा नै उपचार हुन सकेन भने ज्यान जान सक्ने सम्भावना हुने चिकित्सक बत्ताउँछन् ।

त्यस्तै, मध्यपहाडमा पाइने हरियो सर्पले टोक्यो भने रगत पातलो हुने जस्ता समस्या देखिन्छन् अनि रगत बाहिर बग्यो भने ज्यानै पनि जान सक्ने पशुरोग विशेषज्ञ बत्ताउँछन् ।

लक्षणहरू

चिकित्सकका अनुसार विषालु र विषरहित सर्प हुन्छ । विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा घाउ सुनिने, पाकेर चिलाउने, पाक्नेजस्ता सामान्य समस्या हुन्छन् । डा. श्रेष्ठका अनुसार विषालु सर्प पनि दुई प्रकारका हुन्छन् । एउटा रगत पातलो बनाउने र अर्को नसा र माशंपेशीहरुमा असर गर्ने हुन्छन् ।

उहाँले भन्नुभयो, “विषालु सर्पले टोक्यो भने विषको लक्षण शरीरमा प्रवेश गरेमा रगत पातलो हुने, नशा र मांसपेशी असर गर्नेदेखि श्वासप्रश्वास अवरुद्ध हुनेजस्ता समस्या देखिन्छन् ।”

त्यसका अलावा नाक र गिजाबाट रगत बग्ने समस्या देखा पर्ने चिकित्सक बताउँछन् । विषालु सर्पले टोक्दा आँखा देख्न छाड्ने, बिस्तारै एउटै मान्छेलाई दुईजना देख्ने, दिमाग शून्य हुने जस्ता लक्षण देखिन्छन् ।

सर्पले टोकेपछि के गर्ने ?

सर्पले टोकेको भागमा जोडसँग बाँध्ने चलन हुन्छ । सर्पले टोक्नासाथ टोकेको भाग वा सो भन्दामाथि कसिने गरेर बाधेको खण्डमा बिरामीको हात खुट्टा काट्नुपर्ने अवस्था आउने हुँदा नकस्न चिकित्सकको सुझाव छ । सर्पले टोकेको ठाउँमा चुस्ने, फुक्ने ,मलझार हाल्ने, कसिने गरी कपडा वा डोरी नबाँध्न चिकित्सकको सुझाव छ ।

टोकेको थाहा पाउनासाथ उपचार केन्द्रमा जाने, टोकेको ठाउँलाई चल्न नदिएर, टोकेको ठाउँमा सफा पानीले सफा गर्ने सकेसम्म त्यही स्थितिमा अस्पतालमा पुर्‍याएर तुरुन्तै उपचार सुरु गर्नुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकले हेरेपछि मात्र विषालु वा विषरहित कुन सर्पले टोकेको पत्ता लगाएर उपचार गर्न सहज हुने चिकित्सक बताउँछन् ।

सर्पको टोकाइबाट कसरी बच्ने ?

डा. ओझाका अनुसार सर्पको टोकाइबाट बच्न सावधानी अपनाउन घर वरिपरि नियमित सरसफाइ गर्ने काम गर्नुपर्छ । त्यसैगरी जङ्गल, झाडीमा जाँदा पनि उत्तिकै चनाखो हुन जरुरी छ । घाँस काट्दा होस् वा खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउनाले पनि सर्पको टोकाइबाट बच्न सकिने चिकित्सक बताउँछन् । अँध्यारो ठाउँमा बत्ती बालेर मात्र जान उपयुक्त हुन्छ । (गोरखापत्रबाट)

 

Chitwan Aaja चितवन आज
शनिबार, असार ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

ताजा समाचार

सबै

सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

हर्क साम्पाङले पनि दिए राजीनामा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.