Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी

फाइल तस्बिर

पर्वत, ६ असार
‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,
किन जानु साइलो दाइ हङकङ र मलाय’

आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछापालनबाट वार्षिक रू एक करोड ३० लाख आम्दानी गरिरहनुभएको छ ।

एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले आफूसहित अन्य चार जना स्थानीयको सामूहिक लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गर्नुभएको हो ।

मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रफलमा रू तीन करोड लगानीमा सञ्चालित फार्मबाट वार्षिक रुपमा रू एक करोड ३० लाख भन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधि बनेसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ ।

चारैतिर वन र दुईतिर खोलाकोबीच भागमा रहेको पातीखोला रेम्बो ट्राउट पालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट ४० मिनेटको दुरीमा पुग्न सकिने उहाँको फर्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।

फार्म यतिबेला विभिन्न क्लब, सङ्घ संस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसान अध्ययन तथा अवलोकनका लागि आउने गरेका तिमिल्सिनाले बताउनुभयो । “फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँलगायत सहरका माछा पारखीलाई पुर्‍याउन भ्याइनभ्याई भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार फार्ममा पाँच जनाले रोजगार पाएका छन् । फार्ममा वार्षिक सवा लाख माछा उत्पादनको क्षमता रहेको छ ।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मा लगायत व्यक्तिले सञ्चालन गर्नुभएको थियो । केही वर्षअघि आएको बाढीले फार्म पूर्णरुपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाको सामूहिक लगानीमा पुनः नयाँ फार्म सञ्चालन गरिएको थियो । फर्म व्यवस्थापनको सबै जिम्मा तिमिल्सिनाले लिनुभएको छ ।

फार्मबाट प्रतिवर्ष करिब रू एक करोड ३० लाख आम्दानी हुने गरेको छ भने झण्डै रू सवा करोडको हाराहारीमा खर्च हुने गरेको सञ्चालक शर्माले जानकारी दिनुभयो । अन्य समयमा फार्मबाट मनग्ये आम्दानी हुने गरेको सुनाउँदै उहाँले कोरनाकालमा धेरै दुःख र हैरानी झेल्नुपरेको बताउनुभयो ।

शर्माका अनुसार अस्थायी र स्थायी गरी कूल ३७ पोखरी छन् । “फार्म सञ्चालनका लागि सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र पर्वतले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो ।

केही महिनाअघि मात्रै मत्स्य विकास केन्द्रले फार्मको थप स्तरोन्नति गरी पोखरी निर्माणका लागि रू पाँच लाख सहयोग गरेको शर्माले जानकारी दिनुभयो । हाल रेम्बो ट्राउट माछा प्रतिकेजी रू एक हजारमा बिक्री हुने गरेको छ । “पोहोर–परारसम्म त होलसेलमै एघार/बाह्र सयसम्म पाथ्र्यौ ।

विकास तिमिल्सिनाकी धर्मपत्नी सरस्वती भन्नुभयो, “दाना ल्याउन र माछा ढुवानी गर्न कच्ची बाटो भएकाले केही कठिन भएको छ । किसानका गफ गर्ने सरकारले यस्ता उद्यमीहरुलाई राहात हुने गरी कृषि सडकको स्तरोन्नति गरिदिए हुन्थ्यो ।” फार्म दुई खोलाको बीचमा रहेकाले आवातजावत गर्न पुल नहुँदा काठको कच्ची पुल आफैले निर्माण गरी ओहोरदोहोर गर्नुपरेको उहाँको भनाइ थियो ।

भारतीय बजारबाट सस्तो दरको माछा स्थानीय बजारमा सहजै आउने भएकाले बजारीकरणका लागि केही समस्या हुने गरेको तिमिल्सिनाको गुनासो छ । उहाँका अनुसार भारतीय बजारको माछा रू चार/पाँच सय केजी पाइन्छ । “हाम्रो स्थानीय उत्पादन स्वाद र गुणस्तरमा राम्रो भए पनि उपभोक्ता सबैले गुणस्तर नहेर्ने भएकाले समय–समयमा केही समस्या झेल्न परिरहेको छ”, उहाँले भन्नुभयो ।

तिमिल्सिनाले चोरी निकास भई भारतीय बजारबाट आउने माछाको गुणस्तरीयता मापन गर्न, उपभोक्ता प्रतिकूल हुने खालका माछा बिक्री वितरणमा रोक लगाउन तथा नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरवाही गर्नेलाई कडा निगरानी गर्न तीनै तहका सरकारकासँग माग गर्नुभयो ।

“स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने भएकाले स्थानीयको रोजाइमा यहाँ उत्पादित माछा पर्ने गरेको छ”, उहाँले भन्नुभयो । यहाँ उत्पादन हुने माछाको माग स्थानीय कुश्मा–बागलुङ बजारका साथै पोखरा, काठमाडौँलगायत क्षेत्रमा हुने गरेको उहाँको भनाइ थियो ।

भुरा उत्पादन समेत सुरु

पातीखोला रेन्बो ट्राउन फार्ममा माछाका भुरासमेत उत्पादन गर्न थालिएको छ । सञ्चालक तिमिल्सिनाले छुट्टै ह्याचरी (पोखरी) निर्माण गरी सोही पोखरीमा परिपक्क माउ माछा राखी असोजदेखि भालेपोथी छुट्याउने र उनीहरुबाट कृतिम विधिबाट भुरा उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । विसं २०७३ देखि भुरा उत्पादन सुरु गरिएको भए पनि व्यावासायिक रुपमा यही वर्षदेखि सुरु गरिएको उहाँले बताउनुभयो ।

यस वर्ष आफ्नो फार्मका लागि चाहिने सवालाख बढी भुरा उत्पादन गरेको तिमिल्सिनाले जानकारी दिनुभयो । “यस वर्ष हामीले आफ्नो लागि मात्र उत्पादन गर्यौँं, अर्को पटक भुरा पनि बिक्री गर्ने गरी उत्पादनमा जुट्छौँ”, उहाँले भन्नुभयो, “यहाँको हावापानी राम्रो छ, यहीं पानी घट्टसमेत निर्माण गरेर स्थानीय उत्पादन जम्मा गरी माछाका लागि केही आहारा पनि स्थानीयस्तरमै निर्माण गर्ने गरेका छौँ ।”

तिमिल्सिनाका अनुसार भुराका लागि सिद्रामाछा, अण्डा, ल्याक्टोजिन, दूध, इष्ट, भिटामिन ‘ए’, ‘वी’, ‘सी’, ‘डी’, ‘इर्’, ‘वीवान, वीटु, वीसिक्स, वीटुवेल, भट्ट, आँटा चाहिन्छ । यी खाद्यान्नको समुचित प्रयोग गरेर भुरा माछालाई नौ महिनापछि १२ ग्रामको बनाउन सकिन्छ । माछाका लागि चाहिने दाना अलिक महँगो रहेको उहाँको गुनासो छ ।

“ठूलो माछाका लागि प्रतिकेजी रू एकसय ५५ र सानो माछाका लागि प्रतिकेजी रू छ सय बढी पर्ने गर्दछ”, तिमिल्सिनाले भन्नुभयो, “पूरै प्याकेजिङ दानाको भरप¥र्यो भने महँगो हुने भएकाले स्थानीयस्तरमा दाना बनाएर खुवाउने कुरामा समेत हामी लागि परेका छौँ ।” उहाँका अनुसार माछा दुईसय ग्राम भएपछि खानयोग्य हुन्छ ।

तिमिल्सिनाले यसको तौल अधिकतम् पाँच किलोसम्म हुने उहाँले जानकारी दिनुभयो । रेम्बो ट्राउट माछा स्थानीय असला माछाको स्वादमा पाइने हुँदा धेरैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ थियो ।- (रासस)

Chitwan Aaja चितवन आज
बुधबार, असार ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम
मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

ताजा समाचार

सबै

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

ललितपुर–३ बाटै उठ्ने तयारीमा डा. तोसिमा कार्की

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

आजको मौसम पूर्वानुमानः मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल लाग्ने

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.