चितवन ,४ असार
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई चितवन आउन नभ्याउने भएका छन् । भोलि (मंगलबार) हुन लागेको रामनगर खानेपानीको उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीले राईलाई निमन्त्रणा गरेको थियो ।
रास्वपा सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेको पहलमा जनश्रम जुटाएर जुगेडीमाथिको खोलाबाट रामनगरसम्म खानेपानी ल्याइएको हो । राईले पनि जनश्रमदान जुटाएरै धरानबासीलाई खानेपानी उपलब्ध गराएकाले रास्वपाले उनलाई निमन्त्रणा गरेको थियो ।
आफु अति नै व्यस्त भएकाले चितवन आउन नसकेको राईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘अति धेरै व्यस्तता र प्रतिकुल परिस्थितिका कारण म चितवन आउन नसक्ने परें । सो सरी गाइज ।’