– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख १४ –
चितवनमा जग्गाको कारोबार गर्नका लागि विश्वास मार्केटिङ्ग खुलेको छ । जग्गा बेच्न चाहने र किन्न चाहनेको भेट गराउने उद्देश्यले भरतपुरको मालपोत चोकमा विश्वास मार्केटिङ्ग नामक व्यावसायिक कार्यालय खुलेको हो ।
विश्वास मार्केटिङ्गका सञ्चालक वीरेन्द्र कार्कीले चितवनको आवश्यकतालाई बुझेर नयाँ धारणा ल्याएको बताए ।
उनका अनुसार जग्गा बेच्न चाहनेहरु विश्वास मार्केटिङ्गमा आएर निःशुल्क दर्ता गराउन सक्नेछन् । त्यसपछि जग्गा किन्नेहरु आएपछि विश्वास मार्केटिङ्गले उनीहरुको भेट गराउने छ । जग्गा किन्ने र बेच्नेबीच कुरा मिलेर जग्गा किनबेच भएको अवस्थामा मात्र जग्गा बेच्नेले २० हजार रुपैयाँ सेवा शुल्क विश्वास मार्केटिङ्गलाई दिनुपर्नेछ ।
विश्वास मार्केटिङ्गले चितवनको सबै क्षेत्र र नवलपरासी पूर्वको गैंडाकोटलाई हेर्ने छ । चितवनमा सफल भएपछि विश्वास मार्केटिङ्गलाई फ्रेन्चाईज मोडलमा अन्य ठूला शहरहरुमा पनि विस्तार गरिने योजना रहेको कार्कीले सुनाए ।
‘अहिलेसम्म जग्गाको कारोबार गर्दा जग्गा एजेन्ट अर्थात दलालहरुले लाखौंलाख खाने गर्छन् । जुन कुरा थाहा पाउँदा जग्गा किन्ने र बेच्ने दुबैलाई दुःख लाग्छ, उनले भने, ‘यो एउटा ठूलो समस्याको रुपमा रही आएको छ । यस समस्या समाधान गर्न हामीले व्यावसाय गरेका छौं । व्यावसाय भनेको समस्याको समाधान गर्नु पनि हो ।’
कार्कीले जग्गा किन्न र बेच्न चाहनेहरुले एक पटक विश्वास मार्केटिङ्गलाई सम्झन आह्वान गरेका छन् ।