चितवन,जेठ २५-
चितवनमा चोरीको सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राती भरतपुर –३ न्युरोडको आर।एन मोबाइल पसल चोरी भएको सुचता प्राप्त हुनासाथ प्रहरी निरिक्षकको कमाण्डबाट खटिएको प्रहरीले भरतपुर–२ बस्ने आशिष नेपालीलाई पक्राउ गरेको हो । उक्त व्यक्तिले डेल कम्पनिको ल्यापटप एक थान, आई फोन सेभेन प्लस एक थान र सामसुङ ए ३० एका थान चोरी गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।