– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख ३० –
भरतपुर २६ दिव्यनगरमा रहेको आदर्श माविमा निर्वाचन गरेर विद्यार्थी नेतृत्व चयन गरिएको छ ।
कक्षा ६ देखि कक्षा १० सम्मका २८५ जना विद्यार्थी सम्मिलित निर्वाचनमा विद्यालय विद्यार्थी प्रमुख (विद्यार्थी मेयर) का ५ जना उम्मेद्वार र विद्यालय विद्यार्थी उपप्रमुख (उपमेयर) का ५ जना उम्मेद्वारबीच प्रतिस्पर्धा भयो ।
प्रजातान्त्रिक पद्धतिको उच्चतम अभ्यास प्रस्तुत भएको निर्वाचनमा पर्यवेक्षक, पत्रकार, निर्वाचन आयुक्त एवम् सुरक्षाकर्मीको उपस्थितिले साँच्चिकै संघीय चुनावको झल्को दिएको थियो ।
निर्वाचनबाट विद्यालय विद्यार्थी प्रमुखमा सौगात महत्तो र उपप्रमुखमा सलिना परियार निर्वाचित भएकी नमुना मतदानका सहायक निर्वाचन अधिकृत नवराज पौडेलले चितवन आजलाई जानकारी दिए ।
सामाजिक शिक्षा अन्तर्गत आज सम्पन्न नमुना मतदानमा प्रमुख निर्वाचन अधिकृत प्रअ मित्रबन्धु चापागाईँ, मतदान अधिकृत प्रदिप पौडेल र अन्य शिक्षकहरु मतदान कर्मचारी रहेका थिए ।