भरतपुर । नेकपा एकीकृत समाजदीवादीको विद्यार्थी संगठन अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन भएका छन् ।
बुधबार भरतपुर स्थित पार्टी कार्यालयमा भएको भेलाले ढकालको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा दिपक थापा,पानस तामाङ, आशिष कुमाल, सचिवमा देबेन्द्र श्रेष्ठ, सह–सचिवमा केशव बर्तौला र कोषाध्यक्षमा प्रेशिला पोखरेल चयन भएका छन् ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री हरि पराजुली प्रमुख अतिथि रहेको सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी,उपाध्यक्ष कृष्णराज न्यौपाने लब्ली,जिल्ला सहसचिव तथा मोर्चा फाँट प्रमुख नरेन्द्र कन्दवा, अनेरास्ववियूका स्थायी कमिटी सदस्य विजय खनाल,केन्द्रीय सदस्य उज्जवल देवकोटा, सन्देश वाग्ले, भरतपुर महानगर कमिटी अध्यक्ष कमल कुमाल लगायतको आतिथ्यता रहेको थियो । जिल्ला भेला जयराम बास्कोटाको अध्यक्षतामा भएको थियो ।