काठमाडौं,जेठ १७-
नमूना जहाज बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई बुद्ध एयरले सम्मान गरेको छ । बुद्ध एयरको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने परियारलाई बुधबार बुद्ध एयरले नगदसहित सम्मान गरेको हो ।
१८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न एक लाख नगदसहित सम्मान गरेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार परियारलाई नगद पुरस्कारसहित प्रशंसापत्र हस्तान्तरण गरिएको हो ।
केही दिनअघि सामाजिक सञ्जाल टिकटकमा उनले एक भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा बुद्ध एयरको सानो जहाजको उडान र अवतरण गरिएको थियो । उक्त जहाज अभयले आविष्कार गरी उडाउन सफल भएका छन् ।