काठमाडाैं जेठ १७,
सार्वजनिक खरिद अनुमगन कार्यालयले करिब दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको कार्यालयले कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायतलाई काललोसूचीमा राखेको हो ।
त्यस्तै सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभी, श्री आकृति एडभर्टाइजिङ, थाक ठिनी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, एशियन हाइटेक कन्स्ट्रक्सन प्रालि, चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फैसल एण्ड अफजल कन्स्ट्रक्सनलगायत रहेका छन् ।
कम्पनीहरू ३ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । कालो सूचीमा परेका निर्माण व्यवसायी वा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।