चितवन, जेठ १५-
चितवनको नारायणी नदीमा सिग्नेचर पुल बनाउन यसै वर्ष काम सुरु गरिने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा बजेट प्रस्तुत गर्दे नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल बनाइने बताएका हुन् । पुलको डीपीआर तयार गरेर निर्माण कम्पनीको पनि छनोट भइसकेको छ ।