– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख १४ –
भरतपुर महानगरपालिका ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीले भोलि जेठ १५ गते १३ औं वार्षिकोत्सव मनाउने भएको छ ।
शिक्षाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने सरकारी विद्यालयका शिक्षकलाई विशेष सम्मान गर्दै मन्टेश्वरीले वार्षिकोत्सव मनाउन लागेको हो ।
धावन पार्टी प्यालेसमा मनाउन लागिएको वार्षिकोत्सवमा अभिनेत्री बसुन्धारा भुषाल र मन्टेश्वरीलाई सहयोग गर्ने विभिन्न संघसंस्थालाई समेत सम्मान गर्न लागिएको मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए ।
मन्टेश्वरीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउँदै आइरहेको छ । ‘जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ’ भन्ने मुल नाराका साथ वि.सं. २०६७ सालमा मन्टेश्वरी स्थापना भएको थियो ।
प्रबन्ध निर्देशक रानाले शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्वारा बालबालिकालाई खेल्दै सिकाउंँदै आइएको बताउँदै आएका छन् । यसका साथै मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था समेत रहेको छ ।