चितवन, बैशाख १३ –
चितवनमा नेकपा एमाले र नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा खाता खालेका छन् ।
निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन् । दलित महिलामा एमालेकी दुर्गाको मात्रै उम्मेदवारी परेको थियो ।
यस्तै कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन् । उनी नेपाली कांग्रेसबाट दलित महिलातर्फकी उम्मेदवार थिइन् ।