चितवन,जेठ १०-
भरतपुर महानगरपालिकाले भरतपुर २२ का १५ घरधुरीलाई बाख्रा वितरण गरेको छ ।
निर्वाहमूखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्सहान गर्न एक परिवार दुई बाख्रा वितरण गरिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख दाहालले बाख्रा वितरण गर्नुभयो । भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलका कृषिको व्यवसायीकरणको क्रममा ठुला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याईएको बताउनुभयो ।
निर्वाहमूखी कृषक कार्यक्रममार्फत ९० जनाले २ वटाका दरले बाख्रा पाउने छन् ।युवा लक्ष्ति कार्यक्रममार्फत १७ जनाले २ लाखका दरले रकम प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार