काठमाण्डौं,३ जेठ-
व्यक्तिअनुसार स्वाद फरक हुन्छ । कतिपयलाई चिसो पानीले मात्र ‘तिर्खा मेट्ने’ बताउँछन् । कतिपय भने तातोपानी पिउँछन् । अनि कतिपयले स्वास्थ्यका लागि तातोपानी आवश्यक हुने बताउँछन् । त्यसो भए खास तातोपानी वा चिसो पानी स्वास्थ्यका लागि राम्रो हो त ?
चिसो पानीको तापमान कति हो ?
चिसो पानी यस्तै वा यति तापक्रम भएको भनेर तोक्न नमिल्ला । यद्यपि कुन ठाउँमा कति तापक्रम हुन्छ भन्ने विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार फ्रिजबाट निकालिएको आइसको भाँडा ५ डिग्री सेल्सियस हुन्छ । त्यस्तै चिसो धाराको पानीको ताप लगभग १५.५५ डिग्री सेल्सियस हुन्छ भने कोठामा सामान्य कोठामा राखिएको पानीको तापक्रम लगभग २५.५५ डिग्री सेल्सियस हुन्छ ।
के चिसो पानी स्वास्थ्यका लागि राम्रो हो ?
चिसो पानी पिउँदा हुने स्वास्थ्यवद्र्धक कुरामा खासै अध्ययन भइनसकेको विज्ञहरूको भनाइ छ । यसमा थप अध्ययनको खाँचो रहेको उनीहरूले औँल्याएका छन् । त्यसैले चिसो पानी स्वास्थ्यका लागि राम्रो छ भन्नलाई प्रर्याप्त आधारहरू छैनन् । न त स्वास्थ्यका लागि खराब छ भन्ने आधार नै छ ।
चिसो पानीका फाइदाहरू
चिसो पानी धेरैजसो खेलाडीहरू पिउन खोजिरहेका हुन्छन् । खेलले शारिरीक अभ्यास हुने र शरीर तातिने हुन्छ । तातिएको शरीरलाई चाँडो शीतल बनाउन चिसो पानीको भूमिका रहन्छ । पिएको पानी शरीरमा पूरै ‘सिञ्चित’ हुनुपूर्व नै पसिना आउन रोकिन्छ ।
यसैगरी आइसले क्यालोरी खपत गर्नमा पनि मद्दत गर्ने विज्ञहरूले बताएका छन् । आइस खाँदा त्यसलाई पगाल्न शरीरको क्लोरी प्रयोग हुने उनीहरूको भनाइ छ । यसरी शरीरलाई सिञ्चित पारिरहनका लागि धाराको चिसो पानी सही हुनसक्छ भने क्यालोरी खर्च गर्नका लागि आइस खान सकिन्छ ।
तातोपानीले अपच हुनबाट जोगाउँछ
चिसो पानी पिउँदा ‘अचलसिया’ नामको समस्या हुन सक्छ । चिसो पानी अचलसियालाई झन खराब अवस्थामा पु¥याउँछ । यो भनेको खाएका खाना आमाशयमा जान रोकिनु हो । यदि तातोपानी पिएमा यस्तो समस्या हुँदैन । तातोपानीले आमाशयमा जाने खानालाई नियन्त्रण गर्ने मांशपेसीलाई न्यानो गराइ राख्ने र लचकदार बनाउने भएकाले तातोपानी पिउन फाइदाजनक हुन्छ ।
त्यसो भए तातो वा चिसो पानी उपयुक्त ?
तातोपानी पिउँदा शरीरलाई सजिलो हुने कतिपयले बताउँछन् । यसले दिसा–पिसाब सहज बनाउने पनि बताउँछन् । तर विज्ञहरूले यो त्यति धेरै स्वास्थ्यका लागि लाभदायक नहुने बताएका छन् । तातोपानीले सहज बनाउने कुरा व्यक्तिको मानसिकतामा पनि भर पर्ने विज्ञको भनाइ छ ।
ययसरी चिकित्सकीय माध्यमद्वारा हेर्दा तातोपानीको फाइदा धेरै नभएकाले तातो वा चिसो पानी पिउने कुरा व्यक्तिको इच्छामा भर पर्ने विज्ञको राय रहेको छ ।