चितवन, बैशाख २९-
‘जोसंग जमिन छ त्यसले कृषि गर्दैन । जोसंग जमिन छैन उस्ले कृषि गर्छ’, डाक्टर भानेश्वर पोख्रेलले चितवन कचेहेरीमा सुनाउँदै थिए । यो हुन पनि वास्तविक यथार्थ हो । चितवनका अधिकांश किसानले जग्गा भाडामा लिएर कृषि कर्म आएका छन् । यसको वास्तविक विवरण भने सरकारसंगै छैन । तर, कृषि गर्ने वातावरण नहुँदा किसानहरु समस्यामा छन् । अहिले किसानहरु बजारको समस्या हुँदा किसानहरु कृषि आक्रषित हुन नसकेको पोख्रेललेको भनाई छ । ‘नेपाली उत्पादनले भारतीय बजारसंग प्रतिष्प्रर्धा गर्नुपर्छ । अहिले पहाडी क्षेत्रमा एक केजि टमाटर उत्पादन गर्न ७० रुपैयाँ लागत लाग्छ । भारतमा ३ रुपैयाँमै उत्पादन हुन्छ,’ उनले भने, ‘कृषिमा लगानी गर्ने वातावरण समेत छैन ।’ राष्ट्रबैंकले निर्देशन गरेअनुसार बैंकहरुले कृषि लोन समेत नदिने गरेको उहाँले बताउनुभयो ।
पोल्ट्री व्यवसायी अनन्त दाहालले पोल्ट्रीमा विश्व स्तरका प्रविधि भित्रिएपनि कोरोना भाइरसको महामारीपछि उठ्न नकेको बताउनुभयो । ‘नेपालमा पोल्ट्रीको बृद्धिदर १५ प्रतिशत बृद्धि थियो । कोरोनापछि ५ प्रतिशत मात्र मात्रै छ,’ उहाँले भन्नुभयो, ‘नेपालीको आर्थिक स्थितिका कारण खपत समेत कम हुँदैछ ।’ अहिले औषतमा प्रत्येक नेपालीले २० दशमलव ७ केजिमात्र मासु सेवन गर्दछन् । तर, विश्वमा ४३ केजि सेवन गर्ने गरेको दाहालले जानकारी दिनुभयो । किसानदेखि उपभोक्तासम्म जान १४ वटा तह पार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
डाक्टर कृष्णप्रसाद पौडेलले मानविय क्रियाकलापका कारण कृषिमा ह्रास आउन थालेको बताउनुभयो । उहाँले जनवायू परिर्वतनको असर कृषि क्षेत्रमा परेको समेत बताउनुभयो । शिक्षा कृषिमैत्री समेत नभएको उहाँको भनाई छ । उहाँले माटो संरक्षणमा लाग्नुपर्ने समेत बताउनुभएको छ । पैसा कमाउन हिडेका छौँ । खेतीपाती नगरि खान पाउँर्दैन भन्ने कुरा बुझाउन आवश्यक छ, उनले भने ‘खानाका लागि खेतीपातीमा फर्कन आवश्यक छ ।’ पहिलो दिनको दोस्रो सेसनमा भएको कृषिमा उद्यमशीलताः कर्म र मर्म विषयक कार्यक्रमको सहजिकरण रश्मी श्री सिंहले गर्नुभएको थियो ।