काठमाण्डौं,वैशाख २८-
पेटको बोसो घटाउनु पुरुषहरूको तुलनामा महिलाहरूको लागि अलि गाह्रो हुन सक्छ। तौल घटाउनका लागि केही कुरामा ध्यान दिनुपर्छ । महिलाहरूले केही सरल उपायहरू अपनाएर सजिलै आफ्नो पेट घटाउन सक्छन्।
महिलामा पेटको बोसोको समस्या निकै सामान्य छ । यसका लागि धेरै कारणहरू जिम्मेवार हुन सक्छन्, जसमध्ये सबैभन्दा सामान्य कारण उनीहरूको खराब जीवनशैली, हर्मोनल असन्तुलन र शारीरिक रूपमा सक्रिय नहुनु हो।
तर शरीरको तौल बढ्नुले महिलामा धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ, विशेष गरी पेटको बोसो हर्मोनल असन्तुलनको संकेत हुन सक्छ।
शरीरमा इन्सुलिन सेन्सेटिभिटी कम हुँदा शरीरमा रहेको उर्जाको सही सदुपयोग हुन नसक्दा बिस्तारै शरीरमा बोसो जम्मा हुन थाल्छ । तर यसले महिलामा मधुमेह, थाइराइड, मुटुरोग आदिको जोखिम बढाउँछ।
त्यस्तै पिसिओएसले धेरै समस्या पनि निम्त्याउन सक्छ। त्यसैले महिलाहरुको शरीरको तौललाई स्वस्थ राख्नु निकै जरुरी छ ।
तर पेट कसरी घटाउने भनेर महिलाहरु निकै चिन्तित हुन्छन् । कयौं पटक यस्तो पनि देखिन्छ कि शरीरको अन्य अंगको तौल सजिलै घट्छ तर पेटको जिद्दी बोसो भने घट्दैन ।
अवस्थामा महिलाहरू कहिलेकाहीँ धेरै निराश हुन्छन्। केहि उपाय यस्ता छन्। इन्स्टिच्यूट र डाइटिशियन गरिमा गोयलका अनुसार महिलाको पेटको मासु कम गर्ने केहि उपाय यस्ता छन्।
तातो पानी पिउने
बिहान सबभन्दा पहिले मनतातो पानी पिउनुपर्छ । यसका साथै दिनभर मनतातो पानी पिउनुपर्छ । यसले अधिक क्यालोरीहरू घटाउन मद्दत गर्दछ, पाचन र उप पाचन सुधार गर्दछ।
व्यायाम गर्ने
तौल घटाउनको लागि शारीरिक रूपमा सक्रिय हुनु धेरै महत्वपूर्ण छ। जिम गएर व्यायाम गर्ने, योग अभ्यास गर्ने वा ३०/४० मिनेट हिड्ने निश्चित गर्नुपर्छ। यसले थप क्यालोरीहरू घटाउन मद्दत गर्दछ।
प्रोटिन युक्त आहार खाने
अधिक प्रोटिन युक्त खानेकुराहरू खादा आहारमा कार्बोहाइड्रेट र फ्याट हुनु पनि महत्वपूर्ण छ। त्यसैले सन्तुलित आहार लिनुपर्छ। रोटी वा भातको तुलनामा फलफूल, तरकारी, सलाद आदि बढी खाने कुरामा ध्यान दिनु पर्छ ।
राम्रो निद्रा
तौल घटाउनको लागि शरीरलाई पर्याप्त आराम दिनु यो धेरै महत्वपूर्ण हुन्छ। त्यसैले ७÷८ घण्टा सुत्दा शरीरलाई रिकभरीमा मद्धत गर्छ ।
हर्बल चिया पिउने
खाना खाएको १०/१५ मिनेट पछि हर्बल चिया पिउनु सकिन्छ। ग्रीन टी, क्यामोमाइल चिया, जीरा वा फनेल चिया वा दालचीनी चिया आदि पिउन सकिन्छ।
यसले खानाको राम्रो पाचनमा मद्धत गर्छ र मेटाबोलिजमलाई पनि गति दिन्छ। यसरी धेरै क्यालोरीहरू घट्न सक्छन्। (एजेन्सी)