Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ७. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ८. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ९. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • १०. नवलपरासीबाट २६ वर्षकै उमेरमा सङ्घीय संसद् पुग्न सफल मनिष खनाल

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा,. केसी

बैशाख ८, बागलुङ – डा. गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मङ्गलबार निसीखोला आएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिनुभयो । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन् । शाही भन्छन्, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ,” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए ।

“सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आएका थिए । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए ।

डा केसी भन्छन्, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुप¥यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उनले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए । “उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भने, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।”

गलकोटमै आँखाको शल्यक्रिया

बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेकबहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुवै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रियामार्फत नेपालीसहित ८५ जनाको शल्यक्र्रियामार्फत उपचार गरिएको छ ।

दुवै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाइ छ । “दुवै आँखामा मोतियाबिन्दुको समस्या थियो, शल्यक्र्रियामार्फत आँखा देख्ने अवस्थामा पुगेँ”, नेपालीले भने, “गाउँमै आँखाको उपचार होला भनेर सोचेकै थिइनँ, अहिले उपचारपछि खुसी छु, भैरव आँखा उपचार केन्द्रले ठूलो गुन लगायो ।”

दुवै आँखाको उपचारपछि स्थानीय नन्दी पुनसमेत खुसी भएका छन् । उनले गाउँमै आँखा उपचारपछि खर्च र समयको बचत भएको बताउनुभयो । गलकोटस्थित मल्ममा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट पाँच सय ७५ जना लाभान्वित भएका छन् । आँखा शिविरमा लाभान्वितमध्ये ८५ जनाको आँखाको शल्यक्र्रिया गरिएको थियो ।

गलकोट नपा–७ आँगाखेतमा बिहीबार सम्पन्न तीनदिने निशुःल्क आँखा शिविरबाट गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजना, श्री कृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आइकेयर फाउन्डेसन र लायन्स क्लब अफ बुटवल मणिउजेशको सहयोग र गलकोट नपा–७ को संयोजनामा आयोजना गरेको आँखा शिविरका क्रममा पाँच सय ७५ जनाको आँखा जाँच गर्दा ८५ जनाको आँखाको समस्या देखिएकाले शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए ।

शिविरमा स्थानीय सङ्घसंस्था र महिला समूहले सहयोगी भूमिका निभाएका थिए । आँखामा समस्या भएर देख्न नसक्नेलाई शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण नेत्रालयका प्रमुख चिकित्सा निर्देशक डा. सल्मा केसीले जानकारी दिइन् । ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा प्रदान गरी स्वास्थ्यलाभ प्रदान गर्न शिविर सञ्चालन गरिएकोे डा केसीले बताइन् । सेवा लिन गलकोटसहित छिमेकी पालिका र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाबाट समेत आँखाका बिरामी आएका थिए ।रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.