बैशाख ४, भरतपुर – चितवनको इच्छाकामना ३ कुरिनघाट स्थित त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
सोमबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा डुबेर घाइते भएका मुगुको गङ्डी गाउँपालिकाका २६ बर्षिय सोनाम साङ्पो तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
६ जनाको समूहमा आएका उनि साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए । शसस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरि उपचारका लागि ट्रमा सेन्टर कुरिनटारमा पुर्याएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बन्दिपुर घुमेर काठमाडौँ फर्कने क्रममा उनिहरु त्रिशूली नदीमा पौडी खेल्न गएका थिए ।