चितवन, चैत ३० –
चितवन हिमाल डेण्टलले लाईफलाईन हेयर ट्रान्सप्लाण्ट एण्ड स्किन केयर सेवा सुरु गरेको छ ।
२० वर्षदेखि नारायणगढको शहीदचोकबाट डेण्टल सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको चितवन हिमाल डेण्डटलले भरतपुर हाइटमा (सिएमसी अगाडि) नयाँ शाखा खोल्दै लाईफलाईन हेयर ट्रान्सप्लाण्ट एण्ड स्किन केयर प्रालि सञ्चालनमा ल्याएको हो ।
उक्त लाईफलाईन प्रालिको भोलि चितवनका जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
डेण्टल प्रालिले भरतपुरमा आज पत्रकार सम्मेलन गर्दै लाईफलाईन हेयर ट्रान्सप्लाण्ट एण्ड स्किन केयरको सेवा सुरु गर्न लागेको जानकारी दिएको हो ।
सञ्चालक रञ्जिता जोशीले छाला र कपाल प्रत्यारोपण सेवाको शुभारम्भको अवसरमा बैशाख १५ गतेसम्म ३० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिइन् ।
नयाँ शाखामा अत्याधुनिक प्रविधिको प्रयोग गरी कपाल झरेको ठाउँमा प्राकृतिक तरिकाबाट कपाल रोप्ने, प्राकृतिक तरिकाबाट कपाल उमार्ने काम हुने छ । साथै अत्याधुनिक मेसिनबाट अनुहारको दाग कोठी, हाइट्रोफेसियल, चाउरीपन हटाउनुका साथै अनुहारको सम्पूर्ण सौन्दर्यको लागि आवश्यक उपचार गरिने सञ्चालक अधिकारी बताउँछिन् ।