काठमाडौं चैत ३०,
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल भएका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत, अध्यक्ष बन्ने व्यवस्था छ । महासंघको साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ चुनिएका छन् ।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सरकारी बैंकको जागिरे हुँदै व्यवसायमा प्रवेश गरेका ढकाल महासंघ प्रवेश गरेको छोटो समयमा नै अध्यक्ष बन्ने व्यवसायी भएका छन् । उनले महासंघमा वरिष्ठ उपाध्यक्ष, एसोसिसयट उपाध्यक्ष र कार्यसमिति सदस्यको रूपमा दुई कार्यकाल काम गरेका छन् ।