चितवन, चैत २९ –
चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।
आज दिउँसो ११ बजे भरतपुर २३ जगतपुर रहेको उक्त होटलको सेमिनार हलमा करेन्ट सर्ट भई आगोलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी विजय पण्डितले भरतपुर महानगरका दुई वटा र खैरहनी नगरपालिकाका दुई वटा दमकल आगलागी स्थलमा पुगेको बताए ।