Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, फागुन ०३, २०८२
☰
Logo आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ७. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ८. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ९. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • १०. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची, २८ चैत
मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक क्षेत्रमा पनि राहत पुगेको छ ।

मन्दिरको आम्दानीबाट सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय र शीतगङ्गा नगरपालिका–२, सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकले तलब पाइरहेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीका अनुसार आदर्श माविका लागि मासिक करिब रु ६५ हजार र शान्ति निमाविमा मासिक रु ५५ हजार रकम उपलब्ध गराइएको र अन्य विद्यालयमा समेत आवश्यकताअनुसार रकम उपलब्ध गराउने गरिएको छ । भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटोे, बिजुली, खानेपानी, दैवीप्रकोप राहत लगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो ।

मन्दिरमा दैनिक आउने दर्शनार्थीहरूले चढाउने भेटी, सुपादेउराली मातालाई सम्झेर भाकल गरेबापत चढाइने भेटी नै मन्दिरको नियमित आम्दानी हो । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार÷चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरकै भेटीले तीन वर्षको अवधिमा खाँचीकोट मन्दिर, विद्यालयमा शौचालय निर्माणका लागि खर्च गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

भेटीको करिब ७५ प्रतिशत चन्दा विद्यालयमा जान्छ भने बाँकी २५ प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च हुन्छ । उपहारबाट गरिब विद्यार्थीलाई आर्थिक सहयोग, छात्रवृत्ति र सहयोग उपलब्ध गराइएको छ । भक्तजनले चढाएको भेटीबाट मन्दिरको मासिक आम्दानी करिब रु २० लाखसम्म हुने गरेको उहाँले बताउनुभयो ।

अर्घाखाँचीको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय गन्व्यका रूपमा विकास भएको छ । धार्मिक आस्था राखेर सुपादेउरालीको दर्शन गर्न आउने दर्शनार्थीको आकर्षण बढ्दै जाँदा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको हो ।

शक्तिपीठका रूपमा परिचित सुपादेउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । सुपादेउरालीमा छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्यूठानलगायत देशभर तथा भारतबाट समेत तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा खासगरी फागुन, चैत, वैशाख जेठ, असोज, कात्तिक र मङ्सिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोटमा नरपानी र फलमेको दुई अग्लो महाभारतको बीचमा रहेको यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेकका दिनमा भाकल गर्न पाइन्छ । विशेषगरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खाँेचमा प्राचीन शैलीमा यस मन्दिर निर्माण गरिएको छ ।

वडा नं ७ का वडाध्यक्ष चुराबहादुर केसीले वडा तथा नगरपालिकामार्फत यस क्षेत्रको पर्यटकीय प्रवरद्धनका लागि गुरुयोजना निर्माण गरेर काम अघि बढाइएको बताउनुभयो । मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरुप एकैखालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क निर्माण, धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पु¥याउन आवश्यक पूर्वाधार विकास लगायतका विषय गुरुयोजनामा राखिएको छ । उहाँका अनुसार सुपादेउराली मन्दिर आउने पर्यटकलाई जिल्लाका अन्य धार्मिक शक्तिपीठको भ्रमणका लागि लैजाने गरी समन्वयको काम पनि भइरहेको छ ।

यस मन्दिरमा भाकल र पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण दैनिक हजारौँको सङ्ख्यामा भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीले बताउनुभयो । सुपादेउराली र नरपानी आउने पर्यटकलाई जङ्गबहादुर जन्मेको मथुरादरबार, न्वारन गरेको बल्कोट पौवा, पाणिनि तपोभूमि, अर्घादरबार, मालारानी मन्दिर, नृसिंहस्थान लगायतका धार्मिक तथा ऐतिहासिक प्राकृतिक स्थलमा लगेर पर्यटनबाट युवालाई स्वरोजगार बनाउन सकिने प्रशस्त आधार रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खत्री बताउनुहुन्छ ।

बाइसे–चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिरमा २०४० देखि दैनिक पूजा गर्न थालिएको हो । विसं २०६० मा बाबा नरनारायणले झन्डै डेढ करोडको लगानीमा काठमाडौँ र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामग्रीबाट मन्दिर निर्माण गरेपछि दर्शन गर्न आउने भक्तजन बढेका हुन् ।

पर्यटकीयस्थल सुपादेउराली मन्दिरमा तीर्थालुको घुइँचोसँगै नरपानी, शीतगङ्गा लगायतका अग्ला पहाड घुम्ने पर्यटक बढ्दो छन् । भारत र नेपालको तराईबाट दैनिकजसो पहाड चढेर शीतलता लिने, बास बस्ने र पहाडका हरियाली मनोरम दृश्यावलोकन गरेर आनन्द लिने यतिबेला पहाड पर्यटकको रोजाइ बनेको छ ।

भारतीय तीर्थालुका लागि धार्मिक पर्यटकीयस्थल सुपादेउराली पछिल्लो समय तीर्थस्थल बनेको छ । तराईसँग जोडिएको जिल्ला भएकाले पर्यटक पहाड चढ्दा सहजै छ । नेपाल–भारत सीमा नाका कृष्णनगरबाट धेरै भारतीय पर्यटक गोरुसिङ्गे हुँदै सुपादेउराली मन्दिर दर्शन गर्न आउने गर्छन् ।

भारतको सिद्धार्थ नगरबाट चैत १७ गते पानीमा भिज्दै मोटरसाइकलमा सुपा देउराली मन्दिर दर्शन गर्न आएका आलोक मिश्रा मन्दिरको दर्शन पनि आफूलाई निकै आत्मसन्तुष्टि प्राप्त भएको बताउनुभयो । उहाँले सुपा देउराली माताका बारेमा धेरै सुनेको र दर्शनका लागि आउने अवसर धेरै समयपछि मिलेको बताउनुभयो । “माताको दर्शन गर्न पाउँदा भिजेको पनि कुनै परवाह भएन”, उहाँले भन्नुभयो, “सुपा देउराली माताका बारेमा धेरै सुनेको थिएँ आज दर्शन गर्न पाउँदा आनन्द प्राप्त भयो । फेरि परिवारसहित समय मिलाएर आउँछु ।”

कपिलवस्तुबाट सुपा देउराली मन्दिरको दर्शनका लागि पुगेकी याशोधा थापालाई बर्सेनि मन्दिरमा पूजाआजा नगरी मनले मान्दैन । उहाँ भन्नुहुन्छ, “कम्तीमा वर्षमा एक पटक त आउँछु नै, कुनै वर्ष त दुई÷तीनचोटि पनि आउँछु ।”

स्थानीयवासी ओमबहादुर थापाले सुपादेउराली मन्दिर दर्शन गर्न र नरपानी आएका पर्यटकलाई भुलाउन पर्यटकीय संरचना निर्माण गर्नुपर्ने बताउनुहुन्छ । उहाँले सुपा देउराली मन्दिर क्षेत्रमा आउने पर्यटकलाई घुम्ने, रमाउने र भुलाउन खालका संरचना निर्माण गर्ने र व्यवस्थित गरेर संरचना बनाएमा धेरै युवाले स्थानीयस्तरमै काम पाउने उहाँले बताउनुभयो ।

यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेतायुगदेखि नै भएको विश्वास गरिन्छ । किंवदन्तीअनुसार खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपादेउराली मातासँग राम्रो जागिरको प्रार्थना गर्दै राम्रो होस् र फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोग गरेर गएको र भारत बसाइमा उनले राम्रै धन कमाएर फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जाँदा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आएका धेरै भक्तजनहरूका लागि लाहुरे टाँसेको पहाड पनि निकै आकर्षण बनेको छ ।

त्यस्तै, बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याई पु¥याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा भेटिइन् ।

सो घटनापछि खाँचीकोटमा विभिन्न रोगब्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भनेपछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी ९शाह० राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । खनाल थरका बह्माण मूल पुजारी रहेको यस मन्दिरमा दैनिक व्यवस्थापनमा दुई, पुजारी दुई र सहयोगी एक गरी पाँचजना खटाइएको समितिले जनाएको छ । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र
कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी
नरेन्द्र मोदीले सडकमै गरे विमान अवतरण

ताजा समाचार

सबै

‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

नरेन्द्र मोदीले सडकमै गरे विमान अवतरण

लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

नेपालले ऐरीको अर्धशतकमा वस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

गैँडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

साताको पहिलो दिन प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारः चितवनमा भोलिदेखि थप चुनावी प्रचार

विश्वकपः आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.