Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत १९, २०८२
☰
Logo बिहिबार, चैत १९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ७. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • १०. ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

के छ रास्वपा सांसदले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोमा ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईंसँग डिल गरेको अडियो सार्वजनिक भएको हो ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले मन्त्री बन्नका लागि नेताहरूले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको ‘कोर टिम’ले रकम मागेको सांसद ढाकाकुमारको भनाइ छ । सांसद श्रेष्ठ र दुर्गा प्रसाईंबीचको अडियो सार्वजनिक भएपछि रास्वपाले उनीमाथि कारबाही गरिसकेको छ । यस्तो छ अडियो :

दुर्गा प्रसाईं : नमस्ते के छ हालखबर ?

ढाकाकुमार श्रेष्ठ : ठीक छ सर । म भरखर भरखर उठेको ।

दुर्गा प्रसाई : ए ए.. राति मेरो पनि फोन अफ गरेँ । फोन अफ भनेको मोबाइल चार्जमा राखेर सुतेँ । अनि नि । अब खास चाहिँ कुरा के हो ? मलाई अलिकति भन्नुस् त डक्टर साप ।

ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य हामीले पाउने भयो । पार्टीले सहयोग गर भन्यो । कोर टीम छ दुई–तीन जनाको । उनीहरूले भनिरहेका छन् । मलाई साढे दुई जति चाहियो भन्दै थिए हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज मैले फिक्स गर्नु छ के दाइ, सर ।

दुर्गा प्रसाईं : ए ए..

ढाकाकुमार श्रेष्ठ : म आर्थिक रूपमा त्यस्तो छैन । मन्त्री पनि बन्नुपर्‍यो अब । धोइ पखाली गरी स्वास्थ्य क्षेत्र सफा गर्नु छ । मैले धेरै गर्छु भनेर सोच गरेको छु ।

दुर्गा प्रसाईं : हजुर

ढाकाकुमार श्रेष्ठ : त्यसमा हजुरहरूको सहयोग सपोर्ट गर्नुपर्‍यो भन्ने कुरा पनि हो क्या सरलाई ।

दुर्गा प्रसाईं : मैले तपाईलाई एउटा कुरा बुझ्न खोजेको । डक्टरपास मैले त राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर तोसिमा कार्की मात्र छिन भनेर मात्र बुझेको थिएँ त ।

ढाकाकुमार श्रेष्ठ : होइन । हामी तीन जना छौँ, सर तीन जना ।

दुर्गा प्रसाईं : को को हुनुहुन्छ ?

ढाकाकुमार श्रेष्ठ : म भएँ । तोसिमा भयो । अनि चन्दा कार्की ।

दुर्गा प्रसाईं : ए ए .. साँची चन्दा म्याम पनि हुनुहन्छ त है ।

ढाकाकुमार श्रेष्ठ : चन्दा हजुरले पनि चिन्नु हुन्छ होला ।

दुर्गा प्रसाईं : डक्टरपासको घर चाहिँ कहाँ हो ?

ढाकाकुमार श्रेष्ठ : मेरो पोखरा हो सर ।

दुर्गा प्रसाईं : ए ए … । अनि तपाईले एमबीबीएस कहाँ गरेको तपाईले ?

ढाकाकुमार श्रेष्ठ : मैले चाइनामा ।

दुर्गा प्रसाईं : एए .. एमडी

ढाकाकुमार श्रेष्ठ : एमडी अहिले मैले गरेको छैन । एमएस मात्र हो ।

दुर्गा प्रसाई : ए.. एमएस चाहिँ ।

ढाकाकुमार श्रेष्ठ : पढ्ने भन्दा भन्दै पोलिटिक्सतिर लागेँ म ।

दुर्गा प्रसाईं : हेर्नुस है । यो स्वास्थ्यमा धेरै ठूलो समस्या छ हैन डाक्टर साप । अब देशमा भएका नर्सिङ कलेज बन्द भए । आज नर्स बढ्न पाउँदैनन् । मैले जहिले भनेको छु । दुबईका डान्सबारमा हाम्रा चेलिहरु गर्नु पठाउनु भन्दा नर्स पठाउँ । हो कि होइन ?

ढाकाकुमार श्रेष्ठ : होन् त हो नि ।

दुर्गा प्रसाई : डक्टर उत्पादन गरौं । बरु सय वटा मेडिकल कलेन खोलौं । हो कि होइन भन्नु त ? विदेशबाट, इनडियाबाट विद्यार्थी ल्याऊ, तीन सय– चार सय पढाऊ । हस्पिटल फिरी गरौं । कति राम्रो कुरा गरेको मैले ।

ढाकाकुमार श्रेष्ठ : हो नि ।

दुर्गा प्रसाईं : डाक्टरसाप । हजुरको नाम ढक बहादुर के हो ?

ढाकाकुमार श्रेष्ठ : ढाकाकुमार श्रेष्ठ ।

दुर्गा प्रसाईं : ए ढाकाकुमार श्रेष्ठ । आच्छा । मैले त्यो कुरा बुझेँ । सल्लाह गरेर अघि बढौला । अनि फेरि तपाईसँग एउटा कुरा भन्न खोजेको । मुकुलले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।

ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य, शिक्षा । मुकुलजीलाई त्यति थाहा छैन । आन्तरिक कुरा हो । मुकुल पनि त्यो कोर टीममा हुनुहुन्न । बाहिर उहाँ महामन्त्री नै हो । अब हजुरलाई साँचो कुरा गर्दा त्यहाँ दुई तीन जना छुट्टै हुनुहुन्छ के । पार्टीलाई धेरै सहयोग गर्ने, सुरुदेखि नै सहयोग गर्ने, रवि सरलाई सहयोग गर्ने, त्यो टीमबाट मलाई कुरा आएको हो । अब आज मैले फिक्स गर्नुपर्छ पैसा । उदारो हुन्न भन्छन् फेरि ।

दुर्गा प्रसाईं : क्यास पैसा चाहिन्छ । क्यास दुई करोड ।

ढाकाकुमार श्रेष्ठ : अँ दुई । साढे दुई भनेको छ । मैले अहिले एक दिएँ भने पनि मान्छन् होला । चेक दिए पनि मान्छन् ।

दुर्गा प्रसाईं : आज बन्द छ । सुन्नुस् कुरा । फेरि बैंकमा ९ लाख ९९ सय हजार भन्दामाथिको चेक साँटिँदैन । सुन्नस् कुरो । क्लिएर कुरा ।

ढाकाकुमार श्रेष्ठ : त्यही त ।

दुर्गा प्रसाईं : अब एउटा टाइम राखेर गर्ने हो भने म दिन्छु । म सहयोग गर्छु तपाईले भनिहाल्नु भयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईले ।

ढाकाकुमार श्रेष्ठ : त्यो त मैले गर्छु । मलाई त यो गोविन्द केसी देखेर दिक्क लागेको छ । कुन दिन मर्ला जस्तो लाग्छ । म देशमा एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो ।

दुर्गा प्रसाईं : मैले मेरो छोरीलाई एमडी पढ्न जापान पठाउनुपर्‍यो । तीन करोड लाग्यो एमडी गर्नका लागि ।

ढाकाकुमार श्रेष्ठ : त्यही त । यो सबै बेथिती छ ।

दुर्गा प्रसाईं : म त मरेको छु । मेरो मेडिकल कलेज हेर्नु त रु सबै भौतिक पूर्वाधार पुगेको काठमाडौंबाहिर मेचीमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नु त म त मर्नमात्र बाँकी छु ।

ढाकाकुमार श्रेष्ठ : त्यही त यसलाई हटाउनु पर्छ । यो पनि समस्या समाधान गर्नुपर्छ ।

दुर्गा प्रसाईं : शिक्षा कसले लिन्छ भाइ रु

ढाकाकुमार श्रेष्ठ : यहाँ फोन आएको रहेछ । हजुर सर ।

दुर्गा प्रसाईं : शिक्षा कसले लिने भयो डाक्टर साप रु शिक्षा हामीलाई परेन जस्तो छ सर । शिक्षा हजुरबुबाले राख्यो होला । योपालि मलाई पनि एफिलेसन दिनुपर्ने छ हजुरबुबाले । काठमाडौँ युनिभर्सिटीले तपाईंका एफिलेसन दिएको छ । सिटमात्र दिएको छैन । त्यो गिरी नारायणकाजीको मान्छे हो । पैसा उठाएर नारायणकाजीलाई दिने मान्छे हो । ल यसो गर्नुहोस् न त ।

ढाकाकुमार श्रेष्ठ : हजुर निश्चिन्त हुनुहोस् । मिलेर काम गर्नुपर्छ । तपाईं र म ।

दुर्गा प्रसाईं : एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । म हजुरबुबासँगै काठमाडौँ आउँछु । तपाईं र म भेटौँला । म गर्छु के । तपाईंले भनेको दुई म आएर गरौँला । अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । बैंकले पूरै सिस्टम खोज्छ । भ्वाक(भ्वाक बाकसमा पैसा लिएर गाह्रो छ । आजको आज नेपालमा कसैले पैसा दिन सक्दैन ।

ढाकाकुमार श्रेष्ठ : त्यही त समस्या छ त ।

दुर्गा प्रसाईं : हिजो पुस मसान्त, बैंकको ब्याज बुझाएँ ।

ढाकाकुमार श्रेष्ठ : तपाईंलाई पनि गाह्रो छ । विचरा ।

दुर्गा प्रसाईं : गाह्रो छ नि । हिजो पुस मसान्तमा ब्याज बुझाएँ । स्वास्थ्य बीमाको १५ करोड अढाइ वर्षदेखि दिएको छैन ।

ढाकाकुमार श्रेष्ठ : बीमा पनि १२ अर्बको लगानी हुँदोरहेछ । बीमा पनि सबैमा लागू गर्नुपर्छ ।

दुर्गा प्रसाईं : बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईंलाई । तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले दुई करोड दिने भए तपाईंलाई । यो पैसा तपाईंले पनि भोलि(पर्सि रविलाई त दिने होला रु

ढाकाकुमार श्रेष्ठ : अँ, मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नु भएको छैन । बाहिरका दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।

दुर्गा प्रसाईं : यी सबै कमाउने त हुन भाइ ।

ढाकाकुमार श्रेष्ठ : पार्टीमा जान्छ कि जाँदैन मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।

दुर्गा प्रसाईं : ल सर ठीकै छ । म एक–दुई दिनमा आउँछु । दाजुभाइ भेटौँला नि । म दिन्छु भनेर ग्यारेन्टी गर्नुहोस् । मलाई अलिकति टाइम चाहियो भन्नुहोस् ।

ढाकाकुमार श्रेष्ठ : म त्यही कुरा गर्छु । हजुर भोलि आउनु हुन्छ ?

दुर्गा प्रसाईं : हजुरबुबा (केपी ओली) आउने भएर बसेको हुँ । भोलि आउँछु । है डाक्टर साप ।

ढाकाकुमार श्रेष्ठ : हस् हस् ।

दुर्गा प्रसाईं : हस । तपाईंलाई मैले दुई करोड दिन्छु । तपाईंलाई सजिलो बाटो देखाइदिन्छु ।

Chitwan Aaja चितवन आज
आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

ताजा समाचार

सबै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छः रवि लामिछाने

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

संसद्‌मा गराइयो बालेन प्रधानमन्त्री नियुक्त भएको जानकारी

केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियोः एमाले

चितवनमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

आजको लागि सुनको मूल्य दुई लाख ९४ हजार तोकियो

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौतीः अध्यक्ष बस्नेत

सहकारी पीडितसँग मन्त्री प्रतिभा रावलको प्रत्यक्ष संवाद सुरु, १०० दिनमै बचत फिर्ताको लक्ष्य

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.