चैत २२, चितवन
चितवनको भरतपुर महानगरपालिका ११, मालपोतचोक स्थित स्टार्स मन्टेश्वरी एकेडेमीले एघारौं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । मन्टेश्वरीले ३२ जना विद्यार्थीहरुलाई चैत २६ गते धावन रिक्रियसन एण्ड पार्टी प्यालेसमा दीक्षित गर्न लागेका हो । मन्टेश्वरीले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ ।
दीक्षान्तको तयारी भइरहेको जानकारी दिदैँ मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले कार्यक्रममा कलाकार र विद्यार्थीहरुबाट विभिन्न
सांस्कृतिक कार्यक्रम हुनुका साथै शिक्षकलाई सम्मानको कार्यक्रम रहेको जानकारी दिनु्भयो । विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
दीक्षान्त समारोहमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, बरिष्ठ गायक आनन्द कार्की, सामाजिक कार्यकर्ता तथा शिक्षिका जिविना मगर, कार्यक्रम प्रस्तोता महिमा पण्डी भट्टराई, विद्यार्थी, अभिभावक र मन्टेश्वरीका प्रतिनिधि सहित सहभागिता रहने छ ।
“जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ ” भन्ने मुल नाराका साथ विसं २०६७ साल जेष्ठमा सञ्चालनमा ल्याईएको मन्टेश्वरी शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै आएको छ। यसका साथै मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था रहेको छ । मन्टेश्वरीमा दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन हुँदै आएको छ ।