चितवन,चैत १७
भोली भरतपुरका अधिकांश क्षेत्रमा विद्युत कटौती हुने भएको छ । भरतपुरको बाइपास सडक विस्तारका क्रममा पोलहरु सार्नु पर्न भएकाले विभिन्न फिडरहरुको लाइन काट्न लागेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सुचना जारी गरी जनाकारी दिएकोछ ।
वितरण केन्द्रको गणेशस्थान, न्यू फिडर, आद्योगिक २, औद्योगिक १, हस्पिटल, भरतपुर १ र नारायणगढ फिडरमा बिहान ७ बजेबाट दिउँसो ४ बजे सम्म विद्युत जाने छ ।