चितवन, चैत १६
चितवनको बोस्टन इन्टरनेशनल कलेजमा एमबिए संकायमा भर्ना खुलेको छ ।
भर्ना खुलाइएको र अनलाइनबाट समेत एप्लिकेशन दिन सकिने बोस्टनका आइटी अफिसर रोशन सापकोटाले चितवन आजलाई जानकारी दिए ।
निवेदन दिने अन्तिम मिति यही चैत २४ गतेसम्म रहेको छ । कलेजमा आएर पनि निवेदन दिन सकिने छ । सिमित सिटका लागि भर्ना खुलाइएकाले यथाशिघ्र निवेदन दिन कलेजले आग्रह गरेको छ । इन्ट्रान्स परीक्षा चैत २७ गते रहेको छ ।
पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त चितवनको बोस्टन इन्टरनेशनल कलेजले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको छ ।
कलेजले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान पनि सिकाउने गरेको छ । कलेजमा एमबिए, बिबिए, बिबिए–बीआई, बिसिआएसका कक्षाहरु सञ्चालनमा छन् ।
वर्षेनी पास आउट हुने विद्यार्थीहरुलाई दीक्षित समेत गर्ने गरेको बोस्टन कलेज चितवनको एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित कलेज हो ।
प्राकृतिक रमणीय र शान्त वातावरण रहेको कलेज भरतपुर महानगरपालिका १० हाकिम चोकमा रहेको छ ।
एप्लिकेशन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।