चितवन, बैशाख १० –
चितवनका युवा पत्रकार सुशील पन्तलाई चितवन जिल्ला फुटबल संघले सम्मान गरेको छ ।
संघको आज (शनिबार) भएको छैटौं जिल्ला अधिवेशनमा पत्रकार पन्तलाई सम्मान गरिएको हो । चितवनमा फुटबलको विकास र प्रचार प्रसारमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै पन्तलाई सम्मान गरिएको संघले जनाएको छ ।
पत्रकार पन्त एटुजेड समाचारका संवाददाता हुन् । उनी जिल्लामा खेलकुद पत्रकारका रुपमा परिचित छन् । जिल्लामा हुने खेलकुदका हरेक गतिविधिहरुमा पन्तले पत्रकारिताको क्षेत्रबाट आफ्नो योगदान दिँदै आइरहेका छन् ।
पन्त नेपाल खेलकुद पत्रकार मञ्च चितवनका कार्यसमिति सदस्य समेत हुन् ।