चितवन – चितवनमा ट्रकले कारलाई ठक्कर दिंँदा ५ जना घाईते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १४ किलो भन्ने स्थानमा ट्रकले ठक्कर दिंँदा कारमा सवार पांँच जना घाईते भएका हुन् ।
शनिबार राती ८ बजे नारायणढबाट मुग्लिनतर्फ गईरहेको लु १ ख ८२६६ नम्बरको कवाडी सामान बोक्ने ट्रकले विपरित दिशाबाट आइरहेको बा २१ च ३७१५ नम्बरको कारलाई ठक्कर दिंँदा दुर्घटना भएको हो ।
घाईते हुनेमा कार चालक सिन्धुपाल्चोक बोटेकोशी नगरपालिका–४ का राज भुजेल, नवलपरासी देवचुली नगरपालिका–१४ का टेक प्रसाद न्यौपाने, सोही ठाउंँका कमल न्यौपाने, गोरखा फुजेल गाउंँपालिका–३ का राज कुमार सापकोटा र काठमाण्डौ महानगरपालिका–१६ का रामहरी मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ती मध्ये न्यौपानेको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनीहरु सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।