चितवन,चैत ११
नेपाल रेडक्रस सोसाईटी उपशाखा गितानगरको आयोजना तथा भरतपुर आँखा अस्पतालको सहयोगमा गितानगरमा निःशुल्क आँखा सिविर सम्पन्न भएको । सो शिबिरमा ५ सय ७५ जनाको निस् शुल्क आँखा परिक्षण गरिएको थियो ।
उपशाखाका सह सचिब एबं स्थानिय समाजसेबि उपेन्द्र पण्डितका अनुसार शिबिरमा सहभागी मध्ये २६ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । यस्तै १७० जनालाई निःशुल्क चस्मा बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति हरि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेवा ग्राहीहरुले गाउँमानै शिविर ल्यायर सेवा दिएको भन्दै रेडक्रस र आँखा अस्पतालाई धन्यवाद दिएका थिए ।
प्रमुख अतिथि पौडेलले समाजको सेवाका लागि स्थापित रेडक्रसले सामाजिक कामहरुलाई आफ्नो मर्मको रुपमा काम गर्ने वताउनुभयो ।कार्यक्रम संयोजक सरोज कोईरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।