चितवन,चैत १०
यही चैत्र १७ गतेबाट शुरु हुने माध्यामिक शिक्षा परिक्षा ९एसईई०मा चितवनका १० हजार ७ सय ५२ जना बिद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका २३७ वटा बिद्यालयका सो बिद्यार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् । शिक्षा बिकास समन्वय चितवनका प्रमुख भुमिलाल सुबेदीका अनुसार जिल्लामा ५ हजार ४ सय ३८ छात्र तथा ५ हजार ३ सय ५६ जना छात्रा सहभागी हुदैछन् ।
प्रमुख सुबेदीले नियमति तर्फ १० हजार ७ सय ५२ र ग्रेडबृद्धि तर्फ १ सय ३३ जना सहभाग हुने जानकारी दिनुभयो । उहाँले जिल्लामा ३ जना अपांगता भएका बिद्यार्थीहरु सहभागी हुने बताउनुभयो । सुबेदीले सो बिद्यार्थीहरुका लागी अपांगमैतृ कक्षाको ब्यबस्था गरिने बताउनुभयो । प्रमुख सुबेदिले भन्नुभयो “जिल्लामा झूवानी मा.वि लगाएतका ३ जना अपांगता भएका बिद्यार्थीहरु सहभागी हुदै छन् । र उनिहरुको लागी अपांगमैत्री कक्षाको तयारी पनि गरिरहेका छौं । ”
साथै उहाँले शान्तिपुर्ण, ब्यवस्थित र मर्यादित ढंगले परिक्षा सम्पन्न गर्न तयारी भैरहेको बताउनुभयो । ४२ वटा परिक्षा केन्द्र तोकीएको जिल्लामा ६ सय ७५ जनशक्ति तथा ६३० जना जनपथ सुरक्षाकर्मीहरुको तयारी भैरहको छ । बिगत देखि शान्तिपुर्ण, ब्यवस्थित र मर्यादित ढंगले गर्दैै आएको परिक्षा यस वर्ष पनि सोहि लक्ष रहेको सुबेदीले भन्नुभयो ।