चितवन, चैत १०
चितवनकी आरती खनाल जपानमा सम्पर्कविहिन भएकी छिन् । भरतपुर १२ स्थायी ठेगाना भएकी २२ वर्षीया आरती जापानमा एक हप्तादेखि सम्पर्कविहीन भएकी हुन् ।
उनी १० महिना अघि चितवनका अकारुई एजुकेशन कन्सल्टेन्सीबाट जापान गएकी थिइन् । कन्सल्टेन्सीका सञ्चालक प्रज्वल पौडेलले कन्सल्टेन्सीको पेजमा आरतीको फोटो सेयर गर्दै सो कुरा जानकारी गराएका छन् । उनले जापानमा भएकाहरुले आरतीको खोजि गरिदिन आग्रह गरेका छन् । खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवम् जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन् ।
उनी जापानको ओसाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १-३-२ मा बस्दै आएको बताइएको छ ।
आरतीको बारेमा जानकारी दिन नेपालस्थित परिवारको नम्बर ९८११ २४१९१२ / ९८२५२६६४८९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।