Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ३०, २०८२
☰
Logo सोमबार, चैत ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ८. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ९. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • १०. स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

एकपटक पुग्नैपर्ने पाथीभरा धाम

ताप्लेजुङ, ९ चैत-
देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले पाथीभरामा आउने तिर्थयात्रीको सङ्ख्या बर्सेनि बढ्दो रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउनुहुन्छ । यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन् । वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।

भारतका विभिन्न क्षेत्रबाट उल्लेख्यरुपमा तीर्थयात्री आउने मन्दिरमा अन्य मुलुकका समेत पर्यटकहरु फाट्टफुट्ट पुग्ने गरेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गरिरहनुभएका इन्द्रनारायण भट्टराईले बताउनुभयो । भारतका सिक्किम, दार्जलिङ, पश्चिम बङ्गाल, विहार, आसाम साथै भुटानबाट आउने तीर्थयात्रीको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ । प्रचारप्रसारसँगै यातायातलगायतका पूर्वाधारको विकास हँुदै गएकाले पनि तीर्थयात्रीको सङ्ख्या बढेको हो । पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ । सडक र हवाई दुवै सेवामार्फत ताप्लेजुङ ओहोरदोहोर गर्न सकिन्छ । तीर्थयात्रीको सहजताका लागि समयसमयमा यातायात व्यवसायी, होटल व्यवसायीलगायतका सरोकारवाला सङ्घसंस्थासँग छलफल हुने गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।

प्राकृतिकरुपमा नै प्रकट भई प्राकृतिक छटाले भरिपूर्ण साक्षात् देवीको महिमा र गरिमा झन्झन बढ्दै गएको छ । देवी अवस्थित सो ठाउँ पाथी भर्दा चुलिए झैँ देखिने भएकाले पाथीभरा भनिएको स्थानीय समाजसेवी रणबहादुर कार्की बताउनुहुन्छ । पाथीभरा फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सङ्गम स्थलमा रहेको छ । जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले यहाँको नाम पाथीभरा रहन गएको स्थानीयवासीको तर्क छ । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो । भोग बलि दिइने भएकाले रक्तकाली पनि भन्ने गरिन्छ ।

देवीको उत्पत्तिबारे विभिन्न किंवदन्ती सुन्न पाइन्छ । परापूर्वकालमा एउटा भेडी गोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठाला पनि थुप्रै थिए । भेडीगोठलाई विभिन्न खर्क ९चरन क्षेत्र० मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पु¥याए । त्यतिबेला त्यहाँ देवी रहेको गोठालाहरुलाई थाहा थिएन । पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठाला गोठ बनाएर बास बसे । भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएपछि गोठाला अचम्ममा परे । उनीहरुले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् । दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निरास हुँदै बासस्थानतर्फ फर्किएर सुते ।

राति सपनामा सबै गोठालामध्येका एकले साक्षात् कालीको रुप देखेछन् । सपनामै देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछाँै र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे । यो घटनाका बारेमा जताजतै हल्ला फैलिएपछि त्यहाँ मानिसले पूजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँच वटा रुप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ ।

पाथीभराको प्रसङ्ग किराँत समुदायको धर्म ग्रन्थ ९मुन्धुम० मा समेत जोडिएको छ । किराँत समुदायले पाथीभरालाई मुकुम्लुङ भन्ने गर्छन् । लिम्बू भाषामा मुकुम् भनेको शक्ति र लुङ भनेको पत्थर अर्थात् ढुङ्गा हो । मुकुम्लुङलाई युमा माङका रुपमा पुज्छन् । किराँत समुदायले यूमा माङलाई प्रमुख इष्टदेवको रुपमा लिने गर्दछन् । किरात धर्मअनुसार यूमा माङ किराँत धर्म मान्ने वा उक्त धर्म गुरुमा बेलाबेलामा प्रकट हुने हुन्छ । यूमा माङको एक अवतारका रुपमा महागुरु फाल्गुनन्दलाई समेत मान्ने गरिएको छ । पाथीभरामा फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको शालिकसमेत राखिएको छ ।

बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गरेका छन् । पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने गरिएको छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । परेवा उडाएर, फूल, अक्षता चढाई धूप बालेर पनि पूजा गर्ने गरिएको छ । पछिल्लो समयमा पूजाआजाका लागि फूल अक्षता लिएर जानेक्रम बढेको पाइन्छ

पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । कुनै समय गाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी नहुँदाको अवस्थामा विरामी पर्दा पाथीभरा पुग्ने भाकल गरे पनि निको भइन्छ भन्ने विश्वास, मान्यता राखेर देवीको पूजाआजा र दर्शन गर्ने मानिस सहजै स्वास्थ्य उपचारको पहुँचमा पुग्दाको वर्तमान अवस्थामा पनि उतिकै पाथीभराप्रति विश्वास र आस्था राख्छन् ।

पाथीभरा दर्शनका लागि देशका राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि सरकारका उच्चपदस्थ व्यक्तित्व बेलाबेलामा पाथीभराको दर्शनका लागि जाने गर्दछन् । सडक यातायात नहुँदा मानिस हिँडेरै पुग्दथे । सदरमुकाम फुङ्लिङबाट हिँडेर पुग्नै एक दिन लाग्थ्यो पाथीभराको यात्रामा निस्किएपछि हरेक खोलानाला तर्नुअघि खोलाको पूजा गर्दै जाने गरिन्थ्यो । तीर्थयात्रीले आफ्ना लागि खानेकुरा, भाँडाकुँडा र ओछ्याउने लत्ताकपडा आफैँ बोकेर जान्थे भने गोठ ओढारमा बस्ने गर्थे । बाक्लो बस्ती नभएकाले र देउरालीदेखि मन्दिरसम्म घना जङ्गल भएकाले समूहमा जाने गरिन्थ्यो ।

अहिले पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सवारीसाधन पुग्छन् । पाथीभरा क्षेत्रमा नै तीर्थयात्रीको सेवाका लागि प्रशस्त होटल पसल खोलिएका छन् । बाटो सहज भएकाले देउराली, सुकेटार, फुङ्लिङमै पनि फर्किएर बस्न सकिन्छ । पाथीभराको लोकप्रियता, यसको महिमा र गरिमा चुलिँदै गएकाले पूर्वका विभिन्न ठाउँमा पाथीभराका शाखा मन्दिर स्थापित छन् । तेह्रथुमको हरिसे, बसन्तपुर, टुटे देउराली, सङ्खुवासभाको चौकी बजार, झापाको चारआली, इलामको कुटिडाँडा र ताप्लेजुङकै विभिन्न गाउँमा समेत मन्दिर निर्माण गरी पूजाआजा गर्ने गरिएको छ । ठूलो पाथीभरा पुग्न नसके तिनै मन्दिरबाट समेत भाकल बुझाउने गरिन्छ ।

धार्मिकरुपले मात्रै नभई पाथीभरा प्राकृतिक विविधताको क्षेत्र भएकाले यस क्षेत्रको महत्व झन् बढ्दै गएको छ । विभिन्न प्रजातिका बोटविरुवा, जडीबुटी र दुर्लभ वन्यजन्तु रेड पाण्डासमेत पाथीभरा क्षेत्रमा पाइन्छ । फुङ्लिङ बजार, सुकेटार देउराली हुँदै तल्लो फेदीसम्म सवारीसाधनमा गई सकेपछि माथि मन्दिरसम्म नै पैदल हिँड्नु पर्छ । फटाफट हिँड्न सक्ने तीन घन्टाको अवधिमा मन्दिर पुग्छन् । पैदलमार्गको स्तरोन्नति गरिएकाले र डाँडैडाँडा रमित हेर्दै पाथीभराको उकालो चढ्नुको मज्जा छुट्टै छ । पाथीभरा मन्दिरमा जान आउनका लागि काठमाडौँबाट सिधै सुकेटार विमानस्थलसम्म हवाई सेवा लिन सकिन्छ ।

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने भएकाले कसैकसैलाई लेक लाग्ने समस्या हुनेगर्छ । प्राकृतिक सुन्दरतासँग रमाउँदै पाथीभरा मन्दिर रहेको डाँडामा पुग्दा कञ्चनजङ्घा हिमशङ्खलाले स्वागत गर्न आइपुग्छ । पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु लगाएका हिमाल आँखै अघि छर्लङ्ग देखिन्छन् । एकातिर पाथीभरा दवीको दर्शन पनि हुने र अर्कातिर प्राकृतिक सौन्दर्यतासँग साक्षात्कार गर्न समेत पाइने भएकाले पर्यटन प्रवद्र्धनमा पाथीभराको महत्व अझ बढिरहेको पर्यटन व्यवसायी हर्क गुरुङले बताउनुभयो ।

कतिपय तीर्थयात्री ताप्लेजुङको तोङ्वा र सुकुटीको स्वाद लिँदै यहाँ उत्पादित चौँरी, गाईको छुर्पि, विभिन्न जडीबुटी, अलैँचीलगाएतका बस्तु चिनोको रुपमा लिएर घर फर्किन्छन् । सुकेटार र फुङलिङ बजारका होटलहरुमा तोङ्वा सुकुटीको स्वाद चाख्न पाइन्छ । “सदरमुकामै रहेका कोशेली घरहरुमा छुर्पी, जडीबुटी, अलैँचीलगायतका सामग्री पाइन्छन् । मन्दिरको दर्शन गरेर फर्किनेहरुले ताप्लेजुङको चिनोका रुपमा लैजाने गर्छन”, पाथीभरा कोशेली घर सञ्चालक विष्णु श्रेष्ठ बताउनुहुन्छ । यहाँका कोशेलीघर, होटल तथा पसलमा स्थानीय उत्पादनहरु प्रशस्त राखिएको हुन्छ । पाथीभराले जिल्लाको धार्मिक पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा पनि सहयोग पुगेको उहाँको भनाइ छ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा
विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता
बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

ताजा समाचार

सबै

नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

क्यान्सर अस्पतालमा बजेट संकट: सरकारबाट ४१ करोड नआउँदा सेवा सञ्चालनमा दबाब

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

गृहमन्त्रीको प्रश्नः मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?

जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पाँच वर्षमा कृषि विकास कार्यालयद्वारा रु ४५ करोड अनुदान वितरण, ९१५ किसान लाभान्वित

कुरिलो खेती गरेर आश्रम चलाईँदै

वर्षको अन्तिम दिन घट्यो सुनको मूल्य

अमेरिकाको इरानी बन्दरगाह नाकाबन्दी घोषणा: तेल मूल्यमा तीव्र उछाल, तनाव चुलियो

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.