काठमाडौं – सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले घटेको बजार सोमबार दोस्रो अंकले बढेको हो।आज नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २.९५ अंकले बढेर ३६६.२१ विन्दुमा होइन।
आज २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँको सेयर खरिदबिक्री भयो। २९ हजार २८२ पटक कारोबार भयो। अघिल्लो कारोबार दिन आइतबार १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।आज एउटै मात्र कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा रहयो। सो कम्पनीको ७ करोड ६३ लाख बढि रुपैयाँको सेयर कारोबार भयो।एनआईसी एसिया बैंक दोस्रो स्थानमा रह्यो। सो बैंकको ६ करोड मूल्य बढिको सेयर कारोबार भयो।कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ३.६४ प्रतिशतले बढ्यो। यस्तै होटल्स एन्ड टुरिजम,हाइड्रो पावर,अदर्श उपसमूहको सूचक २ प्रतिशतले बढ्यो।