चितवन चैत ५
शहिद स्मृति क्याम्पसमा अनेरास्ववियुका राजेन्द्र सापकोटा विजयी भएका छन् ।
सहिद स्मृतिमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियूबीच तालमेल भएको थियो।
नेविसंघका मनिष सुबेदीलाई पछि पार्दै सापकोटा विजयी भए ।
कुल खसेको ७७२ मतमा सापकोटाले ४५१ मत ल्याएर निर्वाचित हुँदा सुबेदीले ३२१ मत पाएका छन् ।
यसैगरी माडी क्याम्पसमा पनि अनेरास्ववियुका राकेश चौधरी विजयी भएका छन् ।
माडीमा ८ दलीय सत्तारुढ दल निकट विद्यार्थी संगठन विरुद्द अनेरास्ववियु एक्लै लडेको थियो ।
चितवनका २० मध्ये २ वटा क्याम्पसमा मात्र चुनाब भएको थियो । २ वटैमा अनेरास्ववियुले जितेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






