चितवन चैत ५,
स्ववियु निर्वाचन तोकिएकै मितिमा नगरेको भन्दै अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीमा विरोध प्रदर्शन तथा दवाब कार्यक्रम गरिएको छ ।
अनेरास्ववियु अमर जनशक्ति बहुमुखी क्याम्पस कमिटीको आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थीहरुले कालो पट्टी र कालो माक्स लगाएर नाराबाजी सहित प्रदर्शन गरेका हुन । विद्यार्थीहरुले स्ववियु निर्वाचन तत्काल गर, निकम्मा प्रशासन मुर्दावाद, निर्वाचन गराउन नसक्ने क्याम्पस प्रमुख राजिनामा दे, अनेरास्ववियु जिन्दावाद जस्ता नारा लगाएका थिए । विरोध प्रदर्शन तथा दवाव कार्यक्रममा विद्याथीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु महानगर कमिटी एवम् अमर जनशक्तिका चुनाब कमाण्डर प्रदिप पराजुलीले अनेरास्ववियु चुनाव जान तयार रहेको बताए । उनले स्ववियु चुनाबमा राज्यसत्ताको दुरुपयोग गरिएको आरोप लगाउदै कमजोर संगठनलाई हेपेको जिल्ला प्रशासनले अहिलेको अवस्थामा दवाब र प्रभावमा परेर चुनाब विरोधिहरुलाई नै साथ दिएको बताए । कार्यक्रममा राष्ट्रिय युवा संघ पटिहानी अध्यक्ष धिरन लोहोनी, अनेरास्ववियु महानगर कमिटी सदस्य अमृत अधिकारी, अनिशा थापा लगााएतको उपस्थिती रहेको थियो ।
अमर जनशक्ति क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थी संगठन मात्र रहेका छन । अनेरास्ववियु र क्रान्तिकारी विच सहमतिमा स्ववियु निर्वाचित कमिटी घोषण गर्ने र नेतृत्व र सदस्य समेत बाडफाडमा कुरामीलीसकेको अवस्थामा क्रान्तिकारी अनेक बहाना र बखेडा निकालेको अनेरास्ववियु क्याम्पस कमिटी नेताहरुको भनाई छ ।