चितवन – चितवनको इच्छाकामना गाउँपालिकामा रोलर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । आज (शुक्रबार) विहान साढे १० बजे निर्माणाधिन शक्तिखोर–फिस्लिङ सडक अन्तर्गत इच्छाकामना २ स्थित सेतो पहारा भन्ने स्थानमा सडक निर्माणको क्रममा रोलर दुर्घटना हुँदा चालक इच्छाकामना ६ चण्डी भन्ज्याङ बस्ने बर्ष ४२ का नबिन गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
बिप्राङ स्थित दारेचोक देखि सक्तिखोर जाने सडक खन्दै गरेको साङ्छि आदर्स कन्ट्र्क्सन को नं.प्रदेश ३-०१-००३ क ५३६५ नम्बरको लोडर चालकले बाटो मर्मत गर्ने क्रममा चलाउदा अचानक पल्टिन गई सडकबाट २० मिटर तल खस्दा उनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।






