चितवन,चैत १-
चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले संकायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग रसलिला गरेको भिडियो सार्वजनिक भएको छ । उक्त जुम बैठक डीन दत्तले राखेका थिए ।
६३ जना सहभागी रहेको जुम मिटिङकै समयमा महिला कर्मचारीलाई अंगालो हालेको र चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ । जुम मिटिङमा सहभागीहरुमध्ये डीन दत्तबाहेक अन्य ६५ जनाकै भिडिओ म्युट थियो ।उक्त भिडियो भाइरल भएपछि विश्वविद्यालयमा हंगामा मच्चिएको छ । उनले विश्वविद्यालयको स्रोतसाधनको चरम दुरुपयोग गर्ने गरेको समेत आरोप लाग्ने गरेको थियो । घटना बाहिरिएसँगै उनी मोबाइल अफ गरेर बसेका छन् । यस्तै डीन दत्तले पनि मोबाइल अफ गरेका छन् ।






