Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

चितवन– २ उपनिर्वाचन : को बन्ला रबि लामिछानेको प्रतिस्पर्धि ? एमाले-कांग्रेसमा यी नेताको चर्चा

चितवन, फागुन ३० –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ ।

रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला ठूला दल कांग्रेस र एमालेबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ ।

कांग्रेसबाट यसअघि पराजित उम्मेदवार उमेश श्रेष्ठ, जिल्ला पार्टी सभापति राजेश्वर खनाल र निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ मध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । कांग्रेसका केही नेताहरुले चितवन क्षेत्र नंं १ बाट टिकटको चाहना राखेर पनि नपाएका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउनुपर्ने भनेर लविङ्गसमेत गरेका छन् ।

एमालेबाट उम्मेदवार को बन्ला भन्ने चासो देखिएको छ । एमालेबाट जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख गोपी श्रेष्ठमध्ये एकजना उम्मेदवार हुने एमाले स्रोतले बताएको छ ।

दुईपटकसम्म क्षेत्र नं. २ बाट जितेका र गत निर्वाचनमा रविसँग पराजित भएका एमाले नेता कृष्णभक्त पोखरेल यसपटक उम्मेदवार बन्न इच्छुक छैनन् । उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन् ।

कालिका नगरपालिका निवर्तमान प्रमुख श्रेष्ठले एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन् । ‘मैले उम्मेवार हुन्छु भन्ने कुरा हैन, पार्टीले मलाई टिकट दिए पनि ठिकै छ, नदिए पनि पार्टीले बनाउने उम्मेदवारलाई जिताउन हिँड्ने कुरा नै हुन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मेरो ब्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयले काम गर्छ ।’

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पनि चितवन २ मा उठ्ने चाहना राखेका छन् । गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले फिर्ता लिएर कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । एमाले जिल्ला अध्यक्ष न्यौपानेले पार्टीले निर्णय गरे चितवन २ मा उम्मेदवार बन्ने बताए । ‘पार्टी भित्रबाट को उम्मेदवार बन्छ भन्ने कुरामा समस्या छैन, जो बने पनि पार्टी जिताउन लाग्छ’ अध्यक्ष न्यौपानेले भने, ‘तर एमालेले यसपटक कसैलाई पनि समर्थन गरेर मैदान खाली गर्दैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि एमाले महासचिव शंकर पोखरेलले लामिछानेलाई उपचुनावमा सहयोग गर्न सक्ने बताएपछि एमाले चितवनका नेताहरु अलमलमा परेका थिए । अहिले सत्ता समीकरण बदलिएपछि र एमालेले आफ्नै उम्मेदवार खडा गर्ने संकेत गरेपछि भने नेताहरू बीच सम्भावित उम्मेदवारका विषयमा अनौपचारिक छलफल हुँदै आएको छ ।

एमाले बागमती प्रदेश कमिटीका सचिव विजय सुवेदीले उम्मेदवारी दर्ता गराउने दिन आउन २० दिन बाँकी रहँदा उपर्युक्त उम्मेदवारको खोजी सुरु भएको बताए । उनले आफू स्वयं भने उम्मेदवारको दौडमा नभएको बताए । ‘सकभर नयाँ साथीहरुलाई मौका दिनुपर्छ भन्ने हो,’ सचिव सुवेदीले भने, ‘एमालेले मैदान खाली गर्दैन, सशक्त उम्मेदवार उठाउँछौं ।’

चितवन क्षेत्र नंं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । गत मंसिरमा भएको निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर जित्दा पाँच दलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाएका थिए ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले गत निर्वाचनमा क्षेत्र नं. २ मा १ लाख २४ हजार २१५ मतदाता रहेकामा यसपटक ६३१ जना नयाँ मतदाता थपिएको बताए । नयाँ थपिएकाको जाँचबुझ र मृत्यु भएकाहरुको लगत कट्टाको काम चलिरहेको उनले बताए । सो हुँदा समग्रमा २ सयदेखि ३ सय नयाँ मतदाता थपिन सक्ने उनले अनुमान गरे ।

मतदाताको अन्तिम नामावली चैत १५ गते प्रकाशन गर्ने तालिका छ । चैत १८ गते निर्वाचन कार्यालय स्थापना, चैत २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारी फिर्ता र दावी विरोध तथा २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनपछि उपनिर्वाचनको तयारीमा जुट्ने निर्वाचन आयोगको तयारी छ । यसपटक चितवन क्षेत्र नं. २ सँगै तनहुँ क्षेत्र नं. १ मा पनि उपनिर्वाचन गर्नुपर्ने छ । त्यहाँबाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन गर्नुपर्ने भएको हो । – अनलाइन खबर डटकमका लागि चितवनबाट पत्रकार सुवास पण्डितले तयार पारेको यो समाचार सामग्री हामीले यहाँ पनि प्रसारण गरेका हौं ।

Chitwan Aaja चितवन आज
बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.