चितवन, चैत १ –
भरतपुर १९ शारदानगरस्थित शहिद स्मारक कलेजको कम्पाउण्डभित्र संकास्पद वस्तु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त एवम् डिएसपी विजयराज पण्डितका अनुसार कलेजको पार्किङ स्थलमा हरियो र कालो टेपले बेरेको कार्टुनमा हरियो तार जडान भएको र ‘स्ववियु निर्वाचन रद्द गरौँ’ भनेर लेखिएको संकास्पद वस्तु फेला परेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले संकास्पद वस्तुको पहिचान र डिस्पोजको तयारी गरिरहेको छ ।