-हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २९
भरतपुर २६ दिब्यनगरमा रहेको उमाबडी आदर्श शेरचन कलेजमा फेला परेको संकास्पद वस्तु बम भएको पुष्टि भएको छ ।
आज सोमबार बिहान कलेज पुगेका बिद्यार्थी प्राध्यापकहरुले संकास्पदवस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले संकास्पद वस्तु बम रहेको पुष्टि भएको चितवन आजलाई जानकारी दिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बमलाई निस्तेज पारेको छ ।
निर्वाचन अधिकृत नवराज पौडेलले आज स्ववियु निर्वाचनको लागि मनोनयन दर्ताको कार्यतालिका रहे पनि कार्यतालिका विथोलिएको बताए ।
उनले स्थानीयमा र विद्यार्थीमा त्रास फैलिएको जानकारी दिए । कलेजमा हिजोदेखि एमाले निकट अनेरास्ववियु र लोसपा निकट विद्यार्थी संगठनले तालाबन्दी समेत गरेको छ । कलेजमा चुनावका लागि जथाभावी विद्यार्थी भर्ना गरिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो भने लोसपा विद्यार्थी संगठनले चुनाव पुर्ण समानुपातिक हुनुपर्ने माग राख्दै ताला लगाएको छ ।